Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भारतीय गोलभेडाले नेपाली गोलभेडा बिकेन

वीरगञ्ज । सरुहठ्ठा–९ रौतहटका किसान मो। उस्मानले उत्पादन गरेको गोलभेडा बिकाउन नसक्दा यसवर्ष उनी आर्थिक मारमा परेका छन्। अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातका कारण उनको व्यापरमा प्रत्यक्ष असर परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार गोलभेडको मुख्य बजार हो । तरकारी खेतीका लागि उर्वर भूभि मानिएको सर्लाहीमा यसवर्ष गोलभेडा उत्पादन उल्लेखनीय वृद्धि भएपनि भारतबाट सस्तोमा भित्रिएको कारण लालबन्दी बजारमा गोलभेडाको व्यापारमा असर परेको किसानहरुको गुनासो छ । गत वर्षको तुलनामा यस वर्ष राम्रो उत्पादन भए पनि भारतीय गोलभेडा भित्रिएपछि नेपाली गोलभेडाले उचित मूल्य पाउन नसकेको गुनासो अर्का किसान जयदेव घिसिंगको छ । यसवर्ष शीतलहर नचलेकाले गोलभेडाको उत्पादन राम्रो भए पनि भारतीय गोलभेडाको आयातले नेपाली गोलभेडाले उचित मूल्य पाउन नसकेको हो । घिसिंग भन्छन् “गत वर्षको तुलनामा यस वर्ष दुईगुणा बढी गोलभेडा फलेपनि सस्तोमा बेच्नुपर्ने बाध्यताले खर्च धान्नै गाह्रो परेको छ ।” सर्लाही जिल्लाको नवलपुर, सासापुर, अत्रौली, लालाबन्दी, हरिओन, हुर्कौली, रानीगञ्ज, बेलवास, बबरगञ्ज, बेलालगायत ठाउँका किसानले व्यावसायिक रुपमा गोलभेडा खेती गर्दै आइरहेका छन् । त्यहाँबाट दैनिक १०० टनभन्दा बढी गोलभेडा देशका मुख्य शहर काठमाडौं, नारायणघाट, हेटौंडा, बुटवल, पोखरा, वीरगञ्ज, गौर, सिन्धुली, रामेछाप, लहान, इटहरीसम्म जाने गरेको कृषि उपज बजार सञ्चालक समिति लालबन्दीले जनाएको छ । भारतको सोनवर्षा नाकाबाट ठूलो परिमाणमा भित्रिने गरेको भारतीय गोलभेडा सस्तो भएकाले प्रतिस्पर्धा गर्न समस्या भएको छ । किसान बासुदेव महतो भन्छन् “हामीले उत्पादन गरेका गोलभेडाले उचित मूल्य नपाउँदा यसपालि घाटा खाएर पनि बेच्नुपरेको छ । काठमाडौं उपत्याकाको कालिमाटी र बल्खुको तरकारी बजारमा आफ्नो बर्चश्व राखेको सर्लाहीको गोलभेडाले यसपालि काठमाडौंमा पनि भाउ पाउन नसकेको गुनासो गर्दै किसान जोगेन्द्र महतो भन्छन्, “यसपालि गोलभेडा राम्रो उत्पादन भएकाले राम्रै मूल्य पाइएला भनेको त भारतीय गोलभेडाको निर्वाध रूपमा आयातले सोचेजस्तो मूल्य पाउन नसकिएको हो ।” लालबन्दीको तरकारी बजारमा १०० भन्दा बढी थोक तथा खुद्रा व्यापारीहरु व्यापारबाट एक हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका र यसको व्यापार गर्नकै लागि रौतहट सरुहठ्ठाका २० व्यापारी लालबन्दीमा डेरा लिएर बस्दै आएका छन् । गोलभेडा र परवलका लागि ख्याति कमाएको लालबन्दीको तरकारी बजारमा भने यस वर्ष भारतीय गोलभेडाले कब्जा जमाएपछि किसानहरु गोलभेडा बेचेर सोचेजस्तो आर्थिक लाभ लिन नसकेको हुन् । दैनिक रु एक करोडभन्दा बढीको तरकारीको व्यापार हुने लालबन्दी बजारमा अहिले भारतीय गोलभेडाको कारण नेपाली गोलभेडा प्रतिकिलो रु ५ देखि १० सम्ममा बेच्नुपर्ने बाध्यता रहेको किसानहरुको गुनासो छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending