Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

युवा थापा दम्पती बने सफल बाख्रापालक, जोडे लाखौंको सम्पती

गलकोट। गलकोटका युवा विष्णु थापा र उनकी पत्नी रीता थापाले सात वर्षयता स्थानीय र बोयर जातका बाख्रा पाल्दै आएका छन् । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्म टोकरीका ती दम्पतीले बाख्रापालन गरेर मनग्य आम्दानी पनि गरेको छ । गाउँका अधिकांश युवा रोजगारीका लागि विदेशीए पनि विष्णुलाई आफ्नै गाउँमा बसेर केही गर्ने सोच आयो । यहीँ केही गर्दा विदेशिने साथीभाइलाई पनि प्रेरणा मिलोस् भनेर विसं २०६८मा रु छ हजारको लगानीमा शुरु गरिएको बाख्रापालन अहिले मुख्य आम्दानीको स्रोतका रुपमा रहेको थापा दम्पती बताउँछन् । अहिले थापाको बाख्रा फार्ममा ५० बाख्रामध्ये अधिकांश बोयर जातका छन् । “छिमेकीका श्रीमान् जापानलगायत अन्य मुलुकहरु हुँदा पनि आफ्नो श्रीमान्लाई कहिल्यै विदेश जान आग्रह गरिनँ”, रीताले भने, “सबै विदेश–विदेश मात्र भन्छन्, हामी बाख्रापालन गरी स्वदेशमै रमाएका छौँ ।” सबै खर्च कटाएर वार्षिक रु पाँच लाख जति बचत हुने थापा बताउछन् । शुरुमा स्थानीय स्रोतसाधन उपयोग गरेर खोर निर्माण गरेका विष्णुले तत्तकालीन जिल्ला पशुसेवा कार्यालयको खोर सुधार कार्यक्रमअन्तर्गत प्राप्त भएको रु एक लाख ९० हजारले आधुनिक शैलीमा खोर बनाएका थिए। “बिउ बोका राख्ने, ब्याउने बाख्रा राख्ने, ब्याइसकेकालाई राख्ने, पाठापाठी राख्ने बेग्लाबेग्लै खोर बनाएका छौँ”, विष्णुले भन्नुभयो, “आम्दानी राम्रो हुँदै गएका कारण थप लगानी गर्ने सोचमा छु ।” थापा दम्पतीको टोकरीमा प्रशस्त जग्गा भएका कारण घाँसपात र अन्नको कुनै समस्या नभएकाले बाख्रापालन व्यवसाय फस्टाएको हो । सानो रकमबाट बाख्रापालन शुरु गरेका विष्णुले अहिले झण्डै रु २० लाखभन्दा माथिको सम्पत्ति जोडिसकेकोे बताउछन् । स्थानीय जातका बाख्रा हटाएर विस्तारै बोयर जातका बाख्राको सङ्ख्या वृद्धि गरेर १०० पु¥याउने ती दम्पतीको लक्ष्य छ । थापाको ‘घुम्टे बाख्रापालन’ फार्मलाई गलकोट नगरपालिकाले अनुदानमा एक बोयर जातको बीउ बोका प्रदान गरेको थियो । आफूले उत्पादन गरेका खसीबोका स्थानीय बजारमै खपत हुँदै आएको र उत्पादन गर्न सकेमा बजारको समस्या नरहेको विष्णुले बताए । प्राविधिक रूपमा भने आफूलाई निकै समस्या हुने गरकाले यस्ता किसानलाई स्थानीय तहले बेलाबेलामा प्राविधिक तथा अन्य सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । विष्णुले बाख्रापालनसँगै दुई भैँसीसमेत पाल्नाका साथै गाउँका सामाजिक काममा समेत उत्तिकै सहभागी हँुदै आउनुभएको छ ।बसाइँसराइका कारण गलकोट मल्मका ८० प्रतिशत घर खण्डहरजस्तै छन् भने उर्वरभूमि बाँझो छ । त्यही उर्वरभूमिमा बाख्रापालन व्यवसयाबाट थापा दम्पतीले गरेको उदारणीय काम विदेशिएका युवाका लागि प्रेरणादायी बनेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending