Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

बम विस्फोटप्रति विवेकशील नेपालीको गम्भीर ध्यानाकर्षण, निकाल्याे यस्ताे बिज्ञप्ती

काठमाडौं । राजधानीसहित देशका विभिन्न ठाउँमा भएका हिंसात्मक विस्फोटप्रति विवेकशील साझा र विवेकशील नेपाली दलले आपत्ति जनाएका छन्। विवेकशील साझाका प्रवक्ता डा। सूर्यराज आचार्य र विवेकशील नेपालीका प्रवक्ता मिलन पाण्डेले विज्ञप्ति सार्वजनिक गर्दै एनसेलको टावरमा भएका विस्फोटप्रति भत्सर्ना गरेका हुन्। ‘विवेकशील साझाका प्रवक्ता आचार्यले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ७५ फाल्गुण १० गते साँझदेखि काठमाडौँ लगायत देशका कतिपय स्थानमा भएका बम विस्फोट लगायतका हिंसात्मक घटनाहरूप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। हामी विस्फोटको घटनामा संग्लनहरुको यथाशक्य छिटो पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ कुनै पनि समस्याको समाधान हिंसा - प्रतिहिंसा हुनै सक्दैन । ललितपुरको नख्खुस्थित एनसेल प्रा।लि।को गेटमा भएको विस्फोटमा परि उपचारको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उचित क्षतिपूर्ति र अन्य घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत विवेकशील नेपाली सरकारसँग आग्रह गर्दछ । बम विस्फोटको लागि जिम्मेवार पक्षले एनसेल कम्पनीसँग चन्दा मागेको र समयमा नै चन्दा रकम नपाएको कारण विस्फोट गराएको भन्ने समाचारहरू आएका छन् । यदि यो समाचारमा सत्यता छ भने आफूलाई राजनीतिक शक्ति ठान्ने जो कोहिले जवर्जस्ती चन्दा असुली गर्नु र आफ्नो माग पुरा नभए बम विस्फोट जस्तो हिंसात्मक गतिविधिमा उत्रनु निन्दनीय छ । आफ्ना मागहरू शान्तिपूर्ण तवरबाट अघि सार्न हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौँ सरकारलाई पनि शान्तिपूर्ण असहमतिका आवजहरुलाई वार्ता र संवादद्वारा जिम्मेवार पूर्ण ढङ्गले सुनुवाइ गर्न अनुरोध गर्दछौँ तर फेरी यस्ता घटनालाई राजनीतिको संज्ञा दिएर, दोषीलाई राजनैतिक संरक्षण गरिनु विधिको शासनको वर्खिलाप हुने कुरा समेत दोहोराउन चाहन्छौं। यस्ता घटनाहरूले त्रासको वातावरण सिर्जना गर्ने र लगानीकर्ताको लगानीको सुरक्षामा समेत शङ्का पैदा गर्ने हुँदा, सरकार र सरोकारवालाहरू अत्यन्तै गम्भीर हुन जरुरी छ। तसर्थ, शान्ति सुरक्षाको व्यवस्था मिलाउन तथा घटना नदोहोरिने प्रत्याभूति दिलाउन राज्यका सम्बन्धित निकायहरूलाई कार्यकुशलताका साथ कानुनको परिधिभित्र रही परिचालन गर्न पनि आग्रह गर्दछौँ। साथै, एनसेल कर प्रकरणमा सम्मानित सर्वोच्च अदालतको पछिल्लो फैशलालाई अविलम्ब कार्यान्वयनमा लैजान सरकारसँग जोडदार माग गर्दछौँ यतिन्जेल कर प्रकरणलाई लम्ब्याउने खेलमा संग्लनहरुको पहिचान गरी तिनीहरूमाथि हदैसम्मको कारबाहीको माग समेत गर्दछौँ । धन्यवाद । मिलन पाण्डे प्रवक्ता विवेकशील नेपाली
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending