Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

दुनै एक सातादेखि अन्धकारमा , जलविद्युत् आयोजनाको नहरमा पहिरो जाँदा विद्युत् सेवा बन्द

डोल्पा । डोल्पा जिल्ला सदरमुकाम दुनै एक सातादेखि अन्धकार भएको छ । दुनैमा पर्ने जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको हो । विद्युत् उत्पादन केन्द्रको नहरमा ७० मिटर माथिबाट खसेको सुख्खा पहिरोका कारण ६० मिटर नहर भत्किएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पहिरोले नहरमा गाडिएका फलामका पाइप भाँच्चिएका छन् । विद्युत् आपूर्ति बन्द भएपछि सदुरमुकाम दुनैसहित आसपासका एक हजार २०० घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन् । पहिरो पन्छाएर विद्युत् सेवा सूचारु गर्न करीब एक महीना लाग्ने स्थलगत अनुगमनमा पुगेका सरोकारवालाले बताएका छन् । उक्त जलविद्युत् आयोजना पटक–पटक अवरुद्ध हुँदै आएको छ । एक वर्षमा चार महीना मुस्किलले विद्युत् सेवा लिँदै आएका दुनैवासीले कैयौँ रात अन्धकारमै गुजार्नुपर्ने बाध्यता रहेको स्थानीयवासी ओमेन्द्र केसीले बताउनुभयो । तत्काल सबै निकायको बैठक बसी अनुदान र जनश्रमदानबाट विद्युत् सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने ठूलीभेरी नगरपालिका–३ का वडाध्यक्ष अर्णबहादुर न्यौपानेले बताउनुभयो । विद्युत् सेवा बन्द भएपछि सरकारी तथा गैरसरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । दुनै बजार सोलार र जेनेरेटरको भरमा चलेको छ । जिल्ला प्रशासनबाट उपलब्ध हुने नागरिकता, राहदानी लगायतका सेवा लिन आवाश्यकपर्ने कागजात फोटोकपी गर्न तथा फोटो निकाल्नका लागि सर्वसाधारण चर्को मूल्य तिरेर जेनेटर र सोलारबाट काम गराउन बाध्य छन् । विद्युत् अवरुद्ध भएको फाइदा उठाउँदै स्थानीय व्यापारीले एउटा फोटोकपीको रु २०, एक प्रति इमेल गरेको रु ५० र चारप्रति फोटो निकालेको रु ४०० सम्म लिइरहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies