Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

मनै लोभ्याउने ‘रुवालुङ’ झरनाको दृश्य अवलोकन गर्ने पर्यटकहरुको चाप बढ्दै

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल भुलभूले दूधकुण्डबाट करीब एक किलोमिटर माथी प्राकृतिक रुपले भरिपूर्ण जङ्गलको फेदमा मनै लोभ्याउने ‘रुवालुङ’ झरनामा पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको माम्खामा पर्ने भुलभुले दूधकुण्डको ठीकमाथि रहेको झरना पुग्न पदमार्ग निर्माण गरिएको छ । नगरपालिकाको क्रमागत योजनाअन्तर्गत चालू आर्थिक वर्षमा छु्याइएको रु दश लाख लगानीमा ढुङ्गा बिच्छ्याएर झरनासम्म पुग्न पदमार्ग निर्माण गरिएको हो । मध्यपहाडी लोकमार्गदेखि करीब एक किलोमिटरमाथि रहेको उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । जहिले सङ्लो र सेतो पानी देखिने झरनामा अहिले दैनिक १५० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक अवलोकन र सेल्फी खिच्न आउने गरेको स्थानीयवासी बताउँछन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब दश किलोमिटर पर पर्ने भुलभुलेमा सवारीसाधन पार्किङ गरेर झरनासम्म पुग्न पैदलयात्रा गर्नुपर्छ । पर्यटकको चाप बढ्दै गएपछि होटलसमेत विस्तार हुँदै गएको भुलभुलेमा पर्यटकका लागि निःशुल्क पार्किङ गर्ने स्थानसमेत पर्याप्त रहेको छ । करीब १०० मिटर अग्लो झरनामा बाह्रैमहीना एउटै आकारको पानी देखिन्छ । गौथले र गिद्धे सामुदायिक वनको बीचमा मुहान रहेको पानी झर्ने झरनामा स्नान गरे रोगव्याधि नाश हुने विश्वास रहिआएको छ । चट्टानै चट्टानको बीचबाट झर्ने झरनाको पूर्वपट्टि पौराणिक इतिहास बोकेको झाँक्रीबास गुफा छ । झरना नजिकै रहेको गुफामा पहिले वन झाँक्री बस्ने गरेको स्थानीय वृद्ध राजनसुर राईले बताए । ठूला पहाड र जङ्गलको बीचमा रहेको प्राकृतिक गुफामा अहिले पनि वनझाँक्रीको पूजाआजा गर्ने चलन रहिआएको बताइएको छ । गुफामा गएर वन झाँक्री पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको झरनामा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेपछि झरनासम्म पु¥याइएको पदमार्गलाई व्यवस्थित गर्न स्तरोन्नतिको तयारी गरिएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए । “अहिले निर्माण गरिएको पदमार्गलाई पर्यटकीयस्थल श्रीधन चौतारा हुँदै सिकुरी भञ्ज्याङ–हर्कटेडाँडा–बगरे भञ्ज्याङसम्म पु¥याउने योजना बनाएका छौँ”, उनले भने, “झरना हेर्न आउने पर्यटकलाई भरपुर मनोरञ्जन दिलाउन विभिन्न ठाउँको दृष्य देख्न सकिने पर्यटकीयस्थल घुमाउन पदमार्ग विस्तार गर्न लागिएको हो ।” ठाउँठाउँमा विश्रामकक्षसहितको पदमार्ग निर्माण केही दिनमै शुरु गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । नगरभित्र रहेको पर्यटकीयस्थलको स्तरोन्नति गर्दै नगरको आन्तरिक आयस्रोत वृद्धि गर्न लागिपरेको नगरपालिकाले जनाएको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies