फाल्गुन १० गते, २०७५ शुक्रवार 22nd February, 2019 Fri०७:४१:४८ मा प्रकाशित
सिन्धुली । ( जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ। आफूलाई तपस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लोपटक चर्चामा आएका थिए। बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन्। ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन’, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले भने, उनका अनुयायी यहीं छन्, भन्छन् तर हामीसँग उनी यहीं छन् भन्ने आधार केही छैन।’
आजको नागरिक दैनिकमा खबर छ - आश्रमभित्र अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, यौन दुव्र्यवहार भएको जस्ता आरोप लागेपछि बम्जन सार्वजानिक भएका छैनन्। गत माघ ६ गते ३ महिने मैत्री धर्म प्रज्ञा प्रशिक्षण समापन विश्व शान्ति महामैत्री पूजाको कार्यक्रममा बम्जनले सम्बोधन गर्ने कार्यक्रम थियो तर उनी सुरक्षा चुनौती रहेको भन्दै सार्वजनिक भएनन्। त्यसपछि स्थानीयले उनी सिन्धुलीमा नभएको टिप्पणी गर्दै आएका छन्।
करिब एक महिनाअघि प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वरप्रसाद यादव बम्जनको आश्रममा पुगेका थिए। तर उनीहरुले पनि बम्जनलाई भेट्न पाएनन्।
एसपी सिंहले बम्जनमाथि लागेको आरोपको विषयमा छानबिन भइरहेको जानकारी दिए। ‘छानबिनको जिम्मा सिन्धुपाल्चोक प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लिएका छन्’, उनले भने, ‘अनुसन्धानमा हामीले पनि सघाएका छौं।’ बम्जन आश्रमबाट कुनै ठोस निष्कर्ष नआएको अनुसन्धान जारी रहेको बताए। बम्जन सम्बद्ध बोधी श्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र घिसिङले बम्जन सिन्धुलीमै रहेको दाबी गरे। ‘हालसम्म सिन्धुलीमै छन् ’, उनले भने, ‘चर्चा जेसुकै चलेपनि बम्जन गुरु सिन्धुलीस्थित पैरेमा रहेको आश्रममा छन्।’ उनले भेट्न चाहने सबैलाई आफूहरुले भेटाउन नसकेको यथार्थ भएको भन्दै भेट्ने कुरा आफूहरुको नियन्त्रणमा नहुने बताए। उनले केन्द्रीय अनुसन्धान ब्युरो र सिन्धुपाल्चोक प्रहरीको टोलीले अनुसन्धान गरेको जानकारी दिँदै प्रहरीले निष्कर्ष के निकाल्यो भन्ने जानकारी आफूलाई नभएको बताए। बम्जनले सञ्चाकर्मीकर्मीसँग पनि भेट्न मानेका छैनन्। ‘गुरु यहीं हुनुहुन्छ, भेट गर्नका लागि हामीले भनेर मात्र हुँदैन, गुरुको इच्छा हुनुपर्छ’, बोधी श्रवण धर्म संघका जिल्ला अध्यक्ष सुन्दर घिसिङले भने, ‘जबसम्म गुरु आफैंलाई भेट्ने इच्छा हुदैन तबसम्म भेट गर्न सकिँदैन।’
२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक वनमा अस्थायी आश्रम बनाई उनी बस्न आएका थिए। सिन्धुलीमा ३ महिनामात्रै बसेर सर्लाहीको पत्थरकोट गएका बम्जन पुनः २०७४ साल असोजदेखि सिन्धुलीलाई नै आश्रम बनाएर बसेका छन्। कमलामाई नगरपालिका ८ स्थित पैरेमा ठूलै सुरक्षा घेराभित्र उनको आश्रम छ।
करिब एक महिनाअघि प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वरप्रसाद यादव बम्जनको आश्रममा पुगेका थिए। तर उनीहरुले पनि बम्जनलाई भेट्न पाएनन्। ‘हामी जाँदा बम्जन गुरु यहीं हुनुहुन्छ भन्थे तर भेट गर्न पाएनौं’, प्रमुख जिल्ला अधिकारी ढकालले नागरिकसँग भने, ‘सिन्धुलीमै हुनुपर्ने हो। बाहिर गएको हामीलाई जानकारी छैन।’ उनले बम्जनमाथि अनुसन्धान जारी रहेको बताए। करिब डेढ वर्षदेखि सिन्धुलीमै रहेका बम्जनले सहज भेट नदिनु र उनलाई यौन हिंसा तथा बेपत्ताको आरोप लाग्नुले आफूहरुमा पनि शंका पैदा भएको स्थानीय बताउँछन्। ‘धार्मिक गुरुलाई निश्चित समयमा भेट्न पाउनुपर्छ’, एक स्थानीयले भने, ‘धार्मिक गुरु र तपस्वी नै भए भेट दिन किन आनाकानी।’ बम्जनलाई भेट्न नागरिककर्मी बम्जन आश्रममा पटकपटक जाँदा पनि भेट हुन सकेको छैन। कमलामाई नगरपालिका ५ का एक स्थानीयले बम्जनमाथि यति धेरै आरोप लाग्दा र राज्यले नै छानबिन सुरु गर्दा समेत मौन बस्नु नै शंकास्पद भएको बताए।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: