Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

सरकारद्वारा सञ्चालित स्वास्थ्य शिविरमा लडेर बिरामीको मृत्यु

सप्तरी। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ । राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षीया गङ्गा मोचीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । गए रातिदेखि नै उपचारका लागि प्रतिक्षा सूचीमा बसेका मोचीको आज बिहान पिसाब गर्न गएको बेला लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । मृतकका श्रीमती धनेश्वरी मोचीका अनुसार मृतक गङ्गा मुटु, पायल्स र टिबी रोगबाट ग्रसित थिए । घटनाप्रति गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिवार मर्माहत भएको भन्दै आज प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले एक विज्ञप्ति जारी गरी श्रद्धाञ्जलि एवं शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । अस्पतालले जनाएअनुसार शिविरमा हालसम्म आठ हजार ९५४ बिरामीले ओपिडीबाट स्वास्थ्य सेवा लिएको र १८२ ले शल्यक्रिया गर्ने भएका छन् । शिविरमा छाती, मुटु, मानसिक, हाडजोर्नी, दन्त, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञ साथै सर्जन डाक्टरद्वारा स्वास्थ्य परीक्षण र हर्निया, पायल्स, पुरुष ग्रन्थी, हाइड्रोसिल, पित्तथैली, पथरी, नाक, कान, घाँटी र पाठेघरसम्बन्धी शल्यक्रिया गरिँदै छ । मोबाइल अस्पतालसहित आएका १२६ विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले एकै स्थानमा थुप्रै किसिमका रोगको उपचार गर्ने थाहा पाएपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी र छिमेकी मुलुक भारतको विहारबाट धेरै सङ्ख्यामा बिरामी सेवा लिइरहेका छन् । राजविराजमा गत फागुन १ गते एक समारोहका बीच उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending