Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

कसैको पक्ष नलिई वास्तविक पत्रकारिता गर्नुस् - मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समिति(रासस) ले आफ्नो सेवालाई थप परिस्कृत बनाउनुपर्ने बताएका छन् । राससको ५८ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले समाचार उत्पादन, प्रसारण र वितरणमा अग्रणी संस्थाको रुपमा राससले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । नेपाली जनताको चाहना, भावनालाई सम्बोधन गर्दै ग्रामीण दूरदराज तथा पछाडि पारिएका क्षेत्रको समाचार सङ्कलन गरी राज्यको मूल प्रवाहमा ल्याउने दायित्व राससको भएको भन्दै मन्त्री बाँस्कोटाले भने, “सरकारको मात्रै होइन, आम चासोका समाचार दिनुस् । अग्रणी संस्थाको रुपमा स्थािपत हुनुहोस्् । सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुन्छ ।” मन्त्री बाँस्कोटाले वास्तविक रुपमा पत्रकारिता गर्न आग्रह गर्दै समृद्धिका लागि वास्तविक सूचना र सञ्चारको पहुँच स्थापित गर्ने दायित्वलाई आत्मसात् गर्नसमेत राससलाई सुझाव दिए । रासस सिर्जनात्मक केन्द्र र वास्तविक समाचार उत्पादन गर्ने मिलको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले भने, “सरकारी हो भन्ने मान्यता त्याग्नुस्, वास्तविक पत्रकारिता गर्नुस् । सरकारको सधैँ साथ र सहयोग रहन्छ ।” भारत, चीन, संयुक्त राष्ट्र सङ्घलगायतका स्थानमा राससका समाचारदाता राख्ने विषयलाई आफैँले नै अगाडि बढाएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले उचित नीति, योजना र कार्यक्रम बनाएर लागू गर्नसमेत आग्रह गरे । अग्रणी समाचार संस्थाको रुपमा स्थापित गर्न अगाडि सारिने आवश्यक नीति तथा योजनालाई सरकार र मन्त्रालयको तर्फबाट सबै खालको सहयोग उपलब्ध हुने उनको भनाइ थियो । उनले राससका भौतिक सम्पत्तिको बहुप्रयोगमा लगाउन समेत व्यवस्थापनलाई निर्देशन दिए । राससका अध्यक्ष श्यामल अधिकारीले राससलाई उन्तत समाचारको मिलका रुपमा विकास गर्न आफूहरु हरदम प्रयासरत रहेको बताए । संस्थालाई व्यावसायिक बनाउने दायित्व र कर्तव्यलाई आत्मसात् गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले प्राविधिक रुपमा भएका कमी कमजोरीलाई समेत आगामी दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे । सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा व्यावसायिक पत्रकारको समूह बनाएर काम गर्ने योजना अगाडि सारिएको जानकारी दिँदै उनले प्रदेश सरकारको राजधानीबाटै तोकिएका भाषामा समेत बुलेटिन प्रकाशन गर्ने सोच अगाडि सारिएको बताए । इतिहास रचना गरेर अगाडि जाने योजना र सोच अगाडि सारिएको भन्दै अध्यक्ष अधिकारीले सामूहिक प्रयासबाट मात्रै सफलता हासिल हुने र सकारात्मक समाचार दिन सकिने विचार व्यक्त गरे । महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल रुपमा सुधार गर्दै व्यावसायिक, योग्य र अग्रणी संस्थाको रुपमा क्रमशः अगाडि बढाइरहेको जानकारी दिए । लिथोबाट शुरु भएको राससको यात्रा अत्याधुनिक अनलाइन प्रणालीमा गइसकेको र आगामी दिनमा थप परिस्कृत, मर्यादित बनाउन दत्तचित्त भएर लागिपरेको उल्लेख गर्दै उनले ७५३ वटै स्थानीय तहका समाचार सङ्कलन, सम्पादन र प्रसारण गर्ने योजनासमेत बनाइएको र क्रमशः कार्यान्वयनको चरणमा अगाडि बढेको बताए । सङ्घीयताको कार्यान्वयनसँगै प्रदेशस्तरबाटै समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषणको व्यवस्था मिलाइएको, भारत, चीन, संयुक्त राष्ट्र सङ्घजस्ता क्षेत्रमा समाचारदाता राख्ने प्रक्रियासमेत अगाडि बढ्न लागेको उनको भनाइ थियो । कार्यक्रममा राससका पूर्वअध्यक्ष राधेश्याम विष्टले सत्य र तथ्यपूर्ण समाचार प्रवाहका लागि राससले नै जिम्मेवारी बहन गर्नसक्ने बताए । उनले सन्तुलित र निष्पक्ष समाचार प्रवाह गर्न अनुसन्धान र प्रशिक्षणको खाँचो रहेको आवश्यकता औँल्याउँदै सत्य सूचना पाउने नागरिकको अधिकारको रक्षा राससबाट मात्रै हुने स्पष्ट पारे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव शीतल महतोले नेपाली पत्रकारितालाई सुधार गर्ने हो भने राससलाई नै सबल, बलियो र अग्रणी संस्थाको रुपमा विकास गर्न सरकारले विशेष ध्यान दिनुपर्ने विचार राखे। नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्ष नारायण घिमिरेले बदलिँदो समयानुसार राससको भूमिकालाई थप विस्तार गर्नुपर्ने बताए । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले ऐन, नियम तथा कानूनी प्रबन्धलाई समयानुकूल बनाई राससको बृहत्तर हित गर्ने दायित्वलाई आत्मसात् गर्न ध्यानाकर्षण गराए । रासस कर्मचारी यूनियनका अध्यक्ष कालिका खड्काले सामूहिक प्रयासबाट मात्रै संस्थाको उन्नति हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending