Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

पशुपति शर्माको गीत हटाउन लगाइएको दबाबप्रति विवेकशीको गम्भीर आपत्ती, निकाल्यो यस्तो बिज्ञप्ती

काठमाडौं । विवेकशील नेपालीले पशुपति शर्माको गीत \'लुट्न सके लुट कान्छा\' लाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयको विरोध गरेको गरेको छ । विवेकशील नेपालले प्रेस बिज्ञप्ती मार्फत उत्त गीत हटाउन लगाइएको दबाबको बिरोध गरेको हो । हेर्नुहोस् प्रेस बिज्ञप्ती विवेकशील नेपाली पशुपति शर्माको गीत \'लुट्न सके लुट कान्छा\' लाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयको विरोध गर्दछ । शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको यो प्रहारको विरोध गर्न समेत सर्वधारणलाई अपिल गर्दछौँ। हामी आफू असहमत रहेका विचारको अभिव्यक्तिलाई समेत निर्बाध रूपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्न समेत आह्वान गर्दछौँ । विवेकशील नेपाली अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्दछ। लोकतन्त्रको सुन्दरता नै यही हो। नेपालको संविधान, २०७२ को धारा १७ ले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। संविधानको परिधिभित्र बसेर गरिने अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु एक जिम्मेवार सङ्गठनको जिम्मेवारी हो। गायक पशुपति शर्माको गीत \'लुट्न सके लुट कान्छा\' भिडियोलाई सरकार अनि सरकार समर्थक दलका निकट व्यक्तिहरू अनि सङ्गठनहरूबाट दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यान आकर्षण भएको छ। लोकतन्त्रका निम्ति आत्म नियन्त्रण ( self censorship ) घातक हो। झन्, आफ्नो अनुकूलता हेरी यस्ता घटनामा दिइने दबाबका कारण राष्ट्रको प्रतिभाप्रति पर्ने मनोवैज्ञानिक असरको बारेमा समेत ध्यान दिन सरकारलाई आग्रह गर्दछौँ। यस घटनाले एक गम्भीर प्रवृत्तिको उजागर गरेको छ जहाँ सरकार श्रृंखलाबद्ध ढङ्गले संविधानमा सुनिश्चित भएका नागरिक हकहरूलाई कुल्चन तम्तयार देखिन्छ । शान्ति सुरक्षा विधेयक, सामाजिक सञ्जालको सञ्चालन सम्बन्धी नीति तथा अन्य नीति तथा विधेयकहरू यही मनसायले नै ल्याइएको प्रस्टैसँग देखिन्छ । र गायक शर्माको गीतलाई हटाउन दबाब दिने काम त्यही श्रृंखलाको अर्को कडी हो भन्ने हाम्रो बुझाइ रहेको छ। धन्यवाद । मिलन पाण्डे प्रवक्ता विवेकशील नेपाली
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending