Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

एचआईभीसम्बन्धी संसदीय बैठक हुने, सार्क क्षेत्रका स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी सहभागी हुने

काठमाडौँ। सन् २०१७ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) देशमा क्षयरोगबाट मात्र करीब छ लाख मानिसको मृत्यु भयोे ।करीब ३८ लाख मानिस सो रोगबाट पीडित भएकामा २५ लाखले मात्र उपचार सेवा लिएका थिए भने १३ लाख बिरामी उपचारबाट बञ्चित भएका थिए । सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा रोजेन्द्र पन्तकाअनुसार विश्वमा गत वर्ष सोही रोगबाट पीडित एक करोड चार लाख बिरामीमध्ये १८ लाखको मृत्यु भएको थियो भने ४३ लाख बिरामी उपचारचारबाट बञ्चित भएका थिए । स्वास्थ्य सेवाको पहुँच नभएको, पहुँच भएर पनि सेवाको उपयोग नगरेको, उपचार गर्दा गर्दै पनि रोग निदान नभएर हुने मृत्युमा उल्लेख्य परिवर्तन आउन नसकेको हो । क्षयरोग उपचारको सबैभन्दा राम्रो मानिएको ‘प्रत्यक्ष निगरानी उपचार विधि’ ९डट्स०को पहुँच स्थानीय समुदायसम्म पुगेको र ती रोगसम्बन्धी सहश्राब्दी विकास लक्ष्यका सूचाङ्क सार्क क्षेत्रका अधिकांश देशले हासिल गरेको बताइन्छ । सन् २०१७ मा नै सार्क क्षेत्रमा करीब ७० हजार मानिसको मृत्यु एचआईभी÷एड्सका कारण मृत्यु भएको थियो । उक्त रोगबाट २३ लाख मानिस एचआईभीबाट प्रभावित भएका केन्द्रले जनाएको छ । केन्द्रले सन् २०१५ को तुलनामा सन् २०३५ सम्ममा क्षयरोगबाट हुने मृत्युमा ९५ प्रतिशतले कमि ल्याउने, नयाँ क्षयरोग लाग्ने दरमा ९० प्रतिशतले कमि ल्याउने तथा क्षयरोगका कारण उत्पन्न हुने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिइएको छ तर क्षयरोग तथा एचआईभीका क्षेत्रमा दातृ निकायको सहयोग क्रमशः घट्दै जाँदा सो लक्ष्य हासिल गर्न अहिले प्रमुख चुनौती खडा भएको छ । यसैबीच सार्क क्षेत्रबाट क्षयरोग तथा एचआईभी नियन्त्रण गर्न सहयोग गर्ने ध्येयले सार्क संसदीय बैठक आगामी वैशाख १९ र २० गते काठमाडौँमा आयोजना हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समिति तथा सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रको संयुक्त आयोजनामा पहिलोपटक नेपालमा सो बैठक आयोजना हुन लागेको बताइएको छ । बैठकमा ती रोगको अवस्था, रोग नियन्त्रणका लागि लगानी अभिवृद्धि, आवश्यक अन्तरदेशीय ऐन नियम तथा क्षयरोग तथा एचआईभीको सेवाहरुको अटुट प्रवाहमा अन्तरसम्बन्धका विविध क्षेत्रमा छलफल हुने जनाइएको छ । क्षयरोग तथा एचआईभीको क्षेत्रमा दातृ निकायको सहयोग घट्दै गएको अवस्थामा सरकारी लगानी बढाउनका लागि पैरवीसमेत गरिने भएको छ । बैठकमा सार्क क्षेत्रका स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी पनि सहभागी हुनेछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending