Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मोरङ्गी खोलाको पुल भाँसिएपछि राजमार्ग अवरुद्ध

खबरडबली संवाददाता

उर्लाबारी। निर्माणधीन पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपाखेरी–पथरी खण्डमा पर्ने मोरङ्गी खोलाको पुल भाँसिएपछि राजमार्ग अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालका अनुसार मोरङ्गी पुलको दक्षिण पश्चिम भागमा काम भइरहेको बेला पुल र सडकसँग जोडिएको माटो बगेपछि पुलको दक्षिणी भाग भाँसिएको छ । आइतबार साँझ ६:३० बजेतिर काम गर्दा गर्दै पुल भासिएपछि प्रहरीले ठुला सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । हाल पुलको उत्तर तर्फबाट एकतर्फि साना सवारी साधनलाई मात्र सञ्चालन भइरहेको छ ।

पूर्वबाट पश्चिम जाने ठुला सवारी साधनहरू पथरीबाट १० किमी उत्तर जाँते पुगेर मदन भण्डारी राजमार्ग हुँदै लेटाङ पुग्ने र त्यहाँबाट दक्षिण कानेपोखरी आएर निर्माणधीन सडकमा जोडिएका छन् । पश्चिमबाट पूर्व आउने सडक कानेपोखरीबाट उत्तर गई जाँते पुगेर दक्षिण आई पथरीमा जोडिएका छन् ।

काकरभिट्टा लौकही सडक योजना पश्चिम खण्ड कार्यालय इटहरीका आयोजना प्रमुख जगत प्रजापतिले जमीन सतहबाट निक्कै उचाइमा पुल रहेकोले काम गर्ने क्रममा माटो बगेको बताए । जमीन सतहबाट १९र२० फिट उचाईमा पुल छ । माटो पनि खुकुलो रहेछ, त्यसैले माटो बगेपछि पुल भासियो । उनले आइतबार राति देखि नै ठुला सवारी साधन वैकल्पिक मार्गबाट आवतजावत गरिरहेको र पुलको दक्षिण तर्फबाट डाइभर्सन खोल्ने काम भइरहेको बताए ।  

स्थानीय कुलबहादुर कट्वालले भने, ‘‘२०२८ सालमा सडकको नक्सा भित्र पुल निर्माण गर्न नसकेर पुल दक्षिण सारेर निर्माण गरिएको थियो ।’’

बाह्रै महिना पानी नसुक्ने मोरङ्गी खोलाको राजमार्ग आसापासको माटो अत्यन्तै खुकुलो रहेको र जमीन मुनि पानीको सतह धेरै माथि रहेकोले काम गर्न उसबेला पनि जोखिम भएको स्थानीय बुढापाका बताउछन्।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनको बयान: आन्दोलनमा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...

जाँचबुझ आयोगको प्रतिवेदन: ‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका नखेलेको निष्कर्ष

काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...

बालेन शाहले चैत १३ गते १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने

१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने

इनिसा विक मृत्यु प्रकरण: प्रहरी अनुसन्धान पूरा, प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस

सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...

फागुन २१ गतेको निर्वाचन मानक: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...

नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्दै

काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...

बागलुङमा एक हजारका नक्कली नोट फेला

बागलुङ।बागलुङमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन । बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल ...

काठमाडौंको ठमेलबाट अनैतिक क्रियाकलाप संलग्नमा २० जना विदेशी महिलाहरू पक्राउ

काठमाडौं। काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ती महिलाहरूले ठमेल ...

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा पदभार ग्रहण

काठमाडौँ । अर्जुननरसिंह केसी ले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा पदभार ग्रहण गरेका छन्। शपथ ग्रहण लगत्तै संसद् सचिवालय पुगेर उनले औपचारिक रूपमा पद...

मलेसियामा चक्कु प्रहारबाट सल्यानका युवकको निधन

सल्यान। वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: