Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

घर निर्माणमा जापानी विद्यार्थीद्वारा श्रमदान

 झापा। झापाको गौरीगञ्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित परिवारको आवास निर्माण गर्ने सहमतिअनुसार दलबहादुर विकको घर निर्माण गर्न ती विद्यार्थीले श्रमदान गरेका हुन् । सहारा गर्ने कोही नभएको विक दम्पत्तीको घर गाउँपालिका र सहारा नेपालले घर बनाइदिने भएपछि ह्याविट्याड संस्थामार्फत जापानको राजधानी टोकियोस्थित बासेदा युनिभर्सिटीका १७ जना विद्यार्थी स्वयंसेवकका रूपमा आएका हुन् । ह्याविट्याडका आलोक खतिवडाको नेतृत्वमा आएको उक्त टोलीले नौ दिनमा दलबहादुर विकको घर निर्माण गरेको थियो । गौरीगञ्जका ३५ विपन्न तथा दलित परिवारलाई तीन कोठाको घर निर्माण गर्ने सहमति गरिएको थियो । गौरीगञ्ज–४ को बेलगाछी, बालुगाउ सतार बस्तीका ११, वडा नं ५ को हरिराको मुसहर बस्तीमा १२ र वडा नं ६ को दमाइँ बस्तीमा आठलाई एकीकृत बस्ती योजनाअन्तर्गत रु एक लाख ५० हजारको लागतमा प्रतिघर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । पहिलो चरणमा ३५ घर मात्र निर्माण गर्न लागिएको र यो योजनालाई क्रमिकरूपमा अगाडि बढाइने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । जग्गा नभएका परिवारलाई जग्गा उपलब्धका लागि गाउँपालिकाले सहजीकरण गरिदिने अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकामा कोही पनि घरपरिवार विहीन नहोस् भन्ने उद्देश्यले यो योजना अघि सारिएको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । एकै खालका घर निर्माण हुन लागेको र घर निर्माण गर्दा श्रमदान अर्थात मिस्त्रीबाहेक उपभोक्ता आफैँ लाग्नुपर्ने सहारा नेपाल गौरीगञ्ज सेवा केन्द्रका प्रबन्धक उमेश भारतीले बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending