आयुक्त पाठकलाई तत्काल महाभियोग लगाउन र दण्डित गर्न विवेकशिलको माग
फाल्गुन ३ गते, २०७५ शुक्रवार 15th February, 2019 Fri१३:२९:५३ मा प्रकाशित
काठमाडौं । विवेकशील नेपालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल महाभियोग लगाएर र आवश्यक छानविन गरी दण्डित र्गन माग गरेको छ । विवेकशिल नेपालीले एक प्रेस रिलिज गर्दै आयुक्त पाठकलाई अनुसन्धान गरि तत्काल कारवाही गर्न माग गरेको हो ।
हेर्नुहोस् प्रेस रिलिज२०७३ भाद्र महिनामा विवेकशील नेपालीले अख़्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि महाभियोगको माग गरेको थियो । डा। गोविन्द केसीले शुरु गरेको सत्याग्रहको समर्थनमा हामीले शसक्त अभियान चलाउदाँ लोकमान सिंह कार्कीको पद त खोसियो तर राजनारायण पाठकमाथी भने कुनै कारवाही भएन। आखिर विवेकशील नेपाली ले किन यी दुईमाथि महाभियोगको माग गरेको ?बिस्तृतमा यहाँ पढौँ।अहिले आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घुस लिएको विषयमा निजमाथि अलिलम्ब संसदले महाभियोग लगाउने प्रक्रिया अगाडि बढाओस् र उक्त प्रक्रियाको समापनपछि निजलाई कानून बमोजिम कारवाही होस् । साथै, उक्त घटनाको बारेमा चार महिनादेखि जानकार प्रधानमन्त्रीले हालसम्म त्यसका बारेमा केही नगर्नु तथा आयुक्त पाठकले प्रधानमन्त्रीलाई पनि यस्ता विषयमा संलग्न भनी आरोपित गरेकोले प्रधानमन्त्रीको समेत संलग्नता रहेको हो कि भन्ने जनमानसमा आशंका रहेकोले त्यसको बारेमा प्रधानमन्त्री कार्यालयले एक श्वेत पत्र जारी गर्न पनि विवेकशील नेपाली आग्रह गर्दछ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफैँले घुस मागेको र लिएको प्रमाणहरु बाहिर सञ्चार माध्यमहरु आइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तजस्तो जिम्मेवार पदमा रहेर पनि यस्तो अनैतिक तथा गैर कानूनी काम गर्नु सामान्य घटना होइन र त्यसलाई सामान्य घटना बनाइनु हुँदैन ।तसर्थ, विवेकशील नेपाली दल अविलम्ब पाठकलाई महाअभियोग लगाउन संसदलाई आग्रह गर्दछ । महाअभियोगसँगै पाठकको बारेमा थप छानविन सहित कानून बमोजिम सजाय पाउने व्यवस्था मिलाउन समेत आग्रह गर्दछौं ।अहिलेसम्मको अभ्यासलाई हेर्ने हो भने, यस्ता घटनाहरुमा आरोपितलाई राजीनामा दिन लगाएर विषयलाई त्यतिकै सेलाउन दिने गरिँदै आएको छ । जबसम्म यस्ता अभ्यास बसिरहन्छन् तबसम्म सुशासन स्थापित हुन सक्दैन, राजनैतिक सुसंस्कारको थालनी हुन सक्दैन । विगत लामो समयदेखि सुसंस्कृत राजनीतिको अभ्यास गर्दै आएको र भ्रष्ट्राचार विरुद्धको अभियानलाई आफ्नो प्रमुख राजनैतिक मुद्दा बनाउदै आएको दल हुनुको नाताले विवेकशील नेपाली यसखाले दण्डहीनताको संस्कृतिको खिलाफमा छ ।प्रधानमंत्री स्वयं नै पाठक घुस प्रकरणका सम्बन्धमा चार महिना अघिदेखि सूचित रहेको भन्ने जानकारीले यस घटनालाई थप गम्भीर बनाएको छ \'म भ्रष्ट्राचारीको अनुहार नै हेर्दिनँ\' भनेर सार्वजनिक अभिव्यक्ति दिने प्रधानमन्त्री स्वयं नै भलिभाँती जानकार रहेको विषय चार महिनादेखि किन गुपचुप राखियो रु यसै बीच यो घटनालाई बीचैमा तुहाउन के कस्ता तानाबाना बुनिए ? यो चारमहिनाभित्र पाठकले पदीय आडमा गरेको भ्रष्टाचारको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने कि नपर्ने ? आज प्रधानमन्त्रीबाट यी प्रश्नहरुको चित्तबुझ्दो जवाफ खोज्नु हरेक नेपाली नागरिकको कर्तव्य हो ।निज पाठकको आचरणको सम्बन्धमा पहिलादेखि नै विभिन्न कोणबाट सूचना तथा जानकारीहरू सार्वजनिक भएको सन्दर्भमा निजमाथि छानविन होस् भनी तत्कालीन विवेकशील नेपाली दलको तर्फबाट २०७३ सालमै माग गरिएको व्यहोरा पनि स्मरण गर्नरगराउन चाहन्छौं ।धन्यवाद ।मिलन पाण्डेप्रवक्ताविवेकशील नेपाली
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: