Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

नयाँ पार्टी बनाउने कि, पुच्छर भएको पुरानै पार्टीको ढिपि कस्ने ?

मानव समाज कसैको ब्यक्तिगत आग्रह ,पूर्वाग्रह ,ईष्र्या,रोदनले होईन ,वस्तुगत नियम र आबश्यकताले चल्छ । समाजको आफ्नै गति ले चल्छ । हामीलाई के लाग्छ ? होइन, बास्तविकता के हो भन्नेले खास अर्थ राख्छ । हिजो के गरियो ,के लाग्यो ,के भयो ? आज ईतिहास बनिसक्यो । तपाईं हामीले चाहनु र नचाहनुले वास्तविक तथ्यलाई गुमनाम बनाउन सक्दैनौं । ईतिहास त निर्मम बनेर आउँछ । बर्तमान र भविष्य बाहेक सबै इतिहास अनुभवसिद्ध शिक्षा सिवाय अरु केही होइन । ईतिहासप्रति तथ्यसंगत सत्यबाट अमिलिनुको जरुरत नै छैन । समय अग्रगमनको यात्रामा नै हुन्छ । पश्चगमन आत्मरति मात्रै हो । फगत अतितमुखी यात्रा मात्रै हो ।अघिल्ला पाईला नै आम प्रवृत्ति हो । कपाल र रौका लिखा गन्न न तिमीलाई फुर्सद छ न मलाई । दुनियाँ हसाउनु छैन । तिमी र हाम्रा के कति चाखलाग्दो नजिर छन् । चर्को स्वरले होइन चर्को तथ्यले बताउने हो । हजारौं हजार बर्षका अजस्र पानाहरु छन् । तिम्रा ,मेरा अनि हामी सबैका । हाम्रा वासलत सारा जगत सामु खुला छन् ।पौरख कति छन्, कति गरियो त्यो ईतिहासको एक पहलु मात्रै हो । सत् प्रवाह ,निरन्तर गति एक अनिवार्य जीवनको परिघटना हो ।अब पुनः नयाँ राडार चाहिएको छ।अहिले विगतको निरन्तरता मात्रै होइन ,क्रमभंग ,नयाँ छलाङ हो । फरकफरक तत्वको रासायनिक समिकरण आजजको आबश्यकता हो । मलाई के लाग्यो होइन हामीले के गर्यौ बाहेक सबै भ्रम हो ।अन्यथा समाज , राष्ट्र रुपान्तरण एउटा जोक मात्रै बन्छ । हामीले हाम्रा सामु खडा यि प्रश्न र तथ्यहरुमाथि बिचार गर्नैपर्छ– १. नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई नै । यो बिश्व ईतिहास र नेपालीको आफ्नै ईतिहासबाट खारिएको छ।एकताको प्रतिवेदनमा भन्छ–माओवादी जनयुद्ध र जनआन्दोलनको संयोजनबाट जनक्रान्ति अघि बढेको हो । यसैको बलबाट गणतन्त्र नेपाल सम्भव बनेको हो । यसको अर्थ कुनै एक पाटे होइन सबैको योगदानलाई मानेको हो । २. नेपालमा मूलरुमा पुँजीवादी जनवादी क्रान्ति राजनीतिक रुपमा पूरा भयो । सानो समुहको संविधान संशोधनको माध्यमबाट पूरा गर्नुपर्नेछ । खासगरी आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरण को बाँकी कार्यभार समाजबादी रणनीति अन्तर्गतको कार्यनीतिक श्रृङखलामा पूरा गर्ने । ३. हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । विगतमा हामीले अबलम्वन गरिरहेको सिद्धान्त ,माओवाद, जवज,२१ औं शताब्दीमा जनवादको विकास लगायतका विषयमा गहन अध्ययन ,बहस र छलफल गरेर टुङ्गोमा पुगिने छ। अवको नेपाल र बिश्वब्यापी क्रान्तिको कार्यभार पूरा गर्न विचार सिद्धान्तको थप विकास गर्नुपर्ने आवश्यकताको सामूहिक प्रतिबद्धता र बोध जरुरी छ । ४. विश्व कम्युनिस्ट ईतिहास र नेपाल कम्युनिस्ट पार्टीको टुटफुटको पीडाको निर्मम आत्मासातीकरण , जनता ,कार्यकर्ता र राष्ट्रको आवाज र समयको पदचापलाई पहिचान गर्नु जरुरी छ । ५. नयाँ विश्व व्यवस्थाको विकल्प खोज्न मानव जातिलाई मुक्तिको आशा संचार गर्न सम्पूर्ण रुपमा केन्द्रित हुनुपर्नेछ । ६. हिजोका आदी विद्रोह स्पार्टकस देखि पेरिस कम्युन, चीन , रुस , नेपालकै प्रजातान्त्रिक विद्रोह, झापा विद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनहरु सबैको स्वामित्व लिन, र साझा सम्पत्ति मान्नु ,जुनसुकै देश काल र परिवेशमा भएका जनपक्षीय विद्रोहको सम्मान र शिक्षा लिनु अति आवश्यक छ । ७. नेपाल अब समाजवादी क्रान्तिको चरणमा प्रवेश, समाजवाद उन्मुख जनताको जनवाद अहिलेको आवश्यकता हो, यसलाई दह्रोसँग आत्साथ गर्नुपर्छ । कुनै पनि पनि क्रान्ति शुद्ध रुपमा पूरा हुन नसक्ने नेपालको परिवेसमा पनि लागू हुनु स्वाभाविक रहेको । ८. आम राजनीतिक कार्यदिशा र नेपाली क्रान्तिको दीर्घकालीन र रणनीतिक लक्ष्य समावादको स्थापना हो । हामी शान्तिपूर्ण संघर्ष र शान्तिपूर्ण प्रतिस्पर्धात्मक तरिकाले समाजवाद निर्माण गर्न चाहान्छौ तर यो हाम्रो चाहानाले मात्रै निर्धारण हुदैन संघर्षको स्वरुप लाई तत्कालीन शक्ति सन्तुलनमा ठोस विश्लेषण गर्नेपर्छ । ९. प्रगतिशील राष्ट्रवाद हाम्रो नीति हो, यसलाई शर्तका रुपमा मनन गर्नुपर्छ । १०. हाम्रा बाँकी कार्यभार पुरा गर्दै आर्थिक समृद्धि र समाजिक न्यायको माध्यमबाट समाजवादको आधार तयार पार्दै अगाढी बढ्नु जरुरी छ । आज नत माओले भनेको जस्तै जनवादी क्रान्तिका कार्यभार पुरानै मोडलबाट गर्ने हो नत समाजवादी क्रान्ति नै दुरभविष्यको विषय हो नत आजै सबै समाजवादी कार्यक्रम हतार पूर्वक लागू गर्ने नै हो । अत हामीले हिजोका विरासतका सकारात्मक पक्ष लिनैपर्छ नकि नकारात्मक । अहिले नयाँ रासायनिक समिकरणको योगबाट विल्कुल नौलो पार्टीको निर्माण गर्न खोजेको हो । पुच्छर बानरबाट मान्छेको विकास भएजस्तै । आज पुच्छरको पीडाबाट रोदन क्रन्दन गर्ने कि नयाँ निर्माण र बिकासको बाटोमा अघि बढने आजको यक्ष प्रश्न हो ! अनि सबैको सम्मानले मात्रै अघि बढ्ने हो । अत्यान्तै साँघुरो घेरा, सानो चित्तबाट कसरी फराकिलो राजमार्गको रेलगतिमा दौडन सकिन्छ ? सबभन्दा संस्थागत र गुटबन्दी रहित तर्क गर्दै त्यसैको दौडमा अब्बल निस्कनेबाट हामीले के सिक्छौ ? आज हामीलाई उद्धात र निकै अग्लो कदको सबैको भावनात्मक ,सांगठनिक र वैचारिक नेतृत्वको खाँचो छ । अध्यक्ष प्रचण्ड भन्नुहुन्छ –हामीले एकपटक उतिर्ण भएर हुन्न । ईतिहासमा पटकपटक परीक्षा दिईरहनुपर्छ । समय एकपटक मात्रै आउन्न । समय र इतिहास एकपटक मात्रै आउन्न र एउटै तरीकाले घटित पनि हुदैन । नयाँ, विल्कुल नयाँ र उच्चस्तरमा बिकास भएर आउँछ । (थापा वाईसियल नेपालका केन्द्रिय सचिव तथा ४ नं. प्रदेशका इन्चार्ज हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies