Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

जापान जाने नेपाली कामदार नठगिने उपाय खोज्दै सरकार

जापानमा नेपाली कामदार पठाउँदा उनीहरू कसैबाट पनि नठगिने र उनीहरूको रोजगारी सुरक्षित हुने गरी जापान सरकारसँग सम्झौता गरिने नेपाली अधिकारीले बताएका छन् । जापानमा केही सातापछि नै नेपाली कामदार पठाउने प्रक्रिया थालिने बताइएको छ । तर जापान सरकारले कामदार लिने संयन्त्र र कार्यविधिको प्रक्रियाबारे अन्तिम निर्णय गरिनसकेकोले ढिलाइ भइरहेको नेपाली अधिकारीहरूले बताएका छन् । जापानसँग सरकार-सरकारबीच हुने जी-टू-जी, वा कोरियासँग जस्तै वैदेशिक रोजगार व्यवसायीलाई जिम्मा दिने ईपीएस प्रणाली लागु गर्ने विकल्पहरू नेपालसँग छन् । आकर्षक गन्तव्यका रूपमा रहेको जापानमा केही एशियाली देशका कामदारका लागि रोजगारी खोल्ने घोषणा गरिएलगत्तै जापान जानेबारे प्रक्रिया बुझ्ने नेपाली श्रमिकहरूको सङ्ख्या बढिरहेको बताइन्छ । तर जापान पठाउने तयारी गर्ने भन्दै कैयौँले नेपालका सहरबजारमा जापानी भाषा सिकाउने लगायतका काम थालेकाले कतिपय कामदार गलत जानकारीमा फस्न सक्ने र उनीहरू ठगिनसक्ने भन्दै सरकारले नै चिन्ता व्यक्त गरिसकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार जापानी पक्षले कामदार पठाउने संयन्त्र र कार्यविधि बनाउन ढिला गरेकोले उनीहरूको जवाफको प्रतीक्षा भइरहेको छ। नेपाल र जापान सरकारबीच नेपाली कामदार जापान पठाउने विषयमा औपचारिक सम्झौता भइसकेको छैन। गत महिना नेपाल आएको जापानी टोलीसँग \'नेपाली कामदार नठगिने गरी र \'शून्य लागतमा कामदार लैजाने\' विषयमा सैद्धान्तिक सहमति भएको बताइएको थियो। त्यस्तै जापानले प्रक्रिया अगाडि बढाउन नेपाललाई सहयोगसम्बन्धी समझदारी अर्थात् मेमोरेन्डम अफ कोअपरेशन (एमओसी) प्रस्ताव पठाएको थियो। भेटघाटमा नेपालले जी-टू-जी अर्थात् सरकार-सरकारबीच सम्झौतामा जोड दिएको बताइए पनि जापानले लिने निर्णयमा नेपाल लचिलो हुने अधिकारीहरू बताउँछन्। रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पनि रहेका सहसचिव घिमिरेले भने, \'हामी कसरी हुन्छ कामदार नठगिने गरी र रोजगारी सुरक्षित हुने गरी सम्झौता गर्ने तयारीमा छौँ।\' विभिन्न नौवटा देशबाट साढे तीन लाख कामदार लिन चाहेको जापानका लागि समेत कामदार लैजाने प्रक्रिया नयाँ भएकोले पनि उनीहरूले अध्ययनका लागि समय लिएको बताइएको छ । कतिपय नेपाली रोजगार व्यवसायीले भने \'जी-टू-जी प्रक्रियामा जापान सरकार असहमत भएकोले म्यानपावर कम्पनीमार्फत् नै कामदार लैजान ऊ तयार भएकोू दाबी गरिरहेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending