Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

प्रतिनिधिसभामा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । नेपाली काङ्ग्रेसका सांसद डा डिला सङ्ग्रौलाले दर्ता गराएको ‘नेपालमा सडक दुर्घटना परेर मृत्यु वा घाइते हुनेका तथ्याङ्क पछिल्लो पाँच वर्षमा भयावह रुपमा बढिरहेकाले दुर्घटना रोक्न कदम चाल्नुपर्ने र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गरियोस्’ भन्ने जरुरी महत्वको प्रस्तावमाथि बैठकमा छलफल भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रास्तावका सम्बन्धमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सडक दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा परिषद्’ गठन हुनुपर्ने सांसदको सुझाव सकारात्मक भएको बताए । वर्तमान सरकार गठन हुनुअघि बोलपत्र भइसकेको सडक सोहीअनुसार निर्माण भइरहेको र नयाँ बन्ने सडकमा फुटपाथ अनिवार्य तथा मापदण्ड पालनामा कडाइ गरिएको बताउँदै उहाँले पूर्वपश्चिम महेन्द्र राजमार्गलाई चार लेनमा बनाउने गरी काम शुरु भएको जानकारी दिए । मन्त्री महासेठले सर्वोच्च अदालतको निर्णयका कारण पनि केही सडकको काम अघि बढाउन नसकेको उल्लेख गर्दै चालक अनुमतिपत्र वितरणमा नयाँ व्यवस्था गरेको बताए । बढी दुर्घटना हुने मुग्लिनदेखि नारायणगढसम्म केही नयाँ विधिको अध्ययन र काम भइरहेको बताउँदै उनले २० वर्ष पुराना सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको स्पष्ट पारे । सांसद डा सङ्ग्रौलाले प्रस्ताव ल्याउनुपर्ने कारणको बारेमा जानकारी गराउँदै नेपालमा सडक दुर्घटनामा परी दैनिक १३ जनाको मृत्यु हुने गरेको तथ्य पेश गरे । सडकको सीमितता र सवारी साधनको बढ्दो सङ्ख्याका कारण आगामी वर्षमा दुर्घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए । दुर्घटनामा पछिल्लो समयमा ३० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै सांसद सङ्ग्रौलाले समस्याको दीर्घकालीन समाधानका लागि गम्भीरतापूर्वक काम गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । २६ वर्षअघि बनेको सवारीसम्बन्धी ऐनबाट सवारी व्यवस्थापन भइरहेको बताउँदै उहाँले समयसापेक्षा कानून बनाउन जरुरी रहेको उल्लेख गरे । प्रस्तावका समर्थक काङ्ग्रेसका सांसद सञ्जयकुमार गौतमले दुर्घटना र त्यसबाट मृत्युहुनेको सङ्ख्या वर्षेनी बढिरहेको अवस्थामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुपरेको जानकारी गराउँदै सडक व्यवस्थापनमा सरकारले उल्लेख्य सुधारका काम गर्न नसकेको टिप्पणी गरे । पछिल्लो समयमा भएका दुर्घटना र त्यसमा परी निधन भएका मानिसको सङ्ख्याको तथ्याङ्क पेश गर्दै उनले यसलाई सरकारले गम्भीररुपमा लिनुपर्ने बताए । काठमाडौँको केन्द्रमा रहेका सडकमा समेत ट्राफिक बत्तीको व्यवस्थापनसमेत हुन नसकेको बताउँदै उनले सवारी साधन र पैदलयात्रु तथा साइकल चलाउन छुट्टाछुट्टै लेन बनाउनुपर्नेमा जोड दिए । सांसद गौतमले यस क्षेत्रमा ठूलो सुधारको र दीर्घकालीन योजनाको आवश्यकता रहेको बताउँदै दुर्घटना न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । प्रस्तावका अर्का समर्थक काङ्ग्रेसका सांसद रङ्गमती शाहीले पुरानो ऐन कानूनमा परिमार्जन र जनतालाई ट्राफिक सम्बन्धमा आवश्यक ज्ञान, शिक्षा र सचेतना कार्यक्रम आवश्यक रहेकोमा जोड दिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले पछिल्लो पाँच वर्षको दुर्घटनामा निधन हुनेको सङ्ख्या हेर्दा ठूला विपत्तिभन्दा कम नभएको उल्लेख गर्दै ९० प्रतिशत दुर्घटना चालकको लापर्वाहीले हुने गरेको बताए । सबै जिल्लामा धेरै शहरको विकास गर्दै जाने हो भने जनसङ्ख्या र सवारी साधनको विकन्द्रीकरण भई दुर्घटना न्यूनीकरण गर्न सकिने उनीहरुको धारणा थियो । दुर्घटनाका घाइतेले जीवनभर मृत्युको समस्या भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सांसदहरुले मापदण्डअनुसार सडक बनाउनुपर्ने, सवारी साधनको नियमित जाँच गर्नुपर्ने र चालक अनुमतिपत्र वितरणमा कडाइ गरेर दुर्घटनालाई न्यूनीकरण गर्न सकिनेमा जोड दिए । प्रस्तावमाथि छलफलमा सांसद महेश बस्नेत, प्रेम सुवाल, टेकबहादुर बस्नेत, खगराज अधिकारी, दुर्गा पौडेल, नवराज सिलवाल, विरोध खतिवडा, मीनबहादुर विश्वकर्मा, अमरेशकुमार सिंह, रामबहादुर विष्ट, गणेशकुमार पहाडी, रामकुमारी झाक्री, देवप्रसाद तिमिल्सेना, डा सूर्यप्रसाद पाठक, प्रदीप यादव र तेजुलाल चौधरीलगायतले भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गरेका थिए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending