Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप्स’, सवारीसाधनमा अनिवार्य दुई चालक

परासी। चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यो एप्सको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने प्रहरीको विश्वास छ । पहिलो चरणमा प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमही र बाँकेको कोहलपुर, काठमाडौँको नागढुङ्गा, प्रदेश नं २ अन्तर्गत सर्लाहीको कर्मैैयाबाट एप्स सञ्चालन गरिएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए । उनी भन्छन् “यसको प्रयोगबाट लामो दूरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए÷नभएको पत्ता लगाउन सकिन्छ । जसका लागि एउटा निश्चित विन्दुमा सवारी चालकको तस्वीर खिची सवारीसाधनको नम्बर, प्रस्थान तथा गन्तव्यस्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ । ट्राफिक प्रहरीले चेकिङ प्वाइन्टमा जाँचको क्रममा चालकको तस्वीर र अनुहार जाँच तथा विवरणको आधारमा चालक बदली भए÷नभएको सहज रुपमा पत्ता लगाउन सक्छन् ।” सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लामो दूरीको सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने प्रावधान छ । तर, पालना नहुँदा दुर्घटना बढेपछि नेपाल प्रहरीले प्रविधिमार्फत उक्त नियम पालना गराउन यो प्रविधि भित्र्याएको हो । नेपाल प्रहरीले शुरु गरेको ट्राफिक कम्युनिकेशन एप्सको प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आइतबार सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले उद्घाटन गर्दै एप्सको माध्यमबाट सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले यो अभियान सवारी चालक, यातायात मजदुर, यातायात व्यवसायी र यात्रु सबैको हितमा रहेको बताए । पश्चिमाञ्चल यातायात व्यावसायी समिति बुटवलका अध्यक्ष दधिराम खरेलले एप्सको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिए । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले यस अभियानले सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख हेमबहादुर शाहीका अनुसार उक्त एप्स प्रयोगकर्ताले जीपीएस लोकेशन पनि थाहा पाउन सक्छन् भने एप्समा चालकको लाइसेन्स नम्बर, टाइमकार्डसमेत जाँच गर्ने सुविधा रहेको छ । प्रभावकारी सवारी व्यवस्थापन तथा सुरक्षित गन्तव्यका लागि यस एप्समा ट्राफिक सन्देश प्रवाह गर्ने व्यवस्थासमेत गरिएको छ । यो एप्स ओराकल कम्पनीको जाभा प्रोग्रामिङ ल्वाङ्ग्वेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको हो । यो एप्स प्रयोगका लागि एन्ड्रोइड भर्सन ६ वा सो भन्दा माथिको मोबाइल फोन र इन्टरनेटको लागि मोबाइल डाटा वा कम्तिमा एक एमबीपीएस वाइफाइ सुविधा हुनुपर्ने प्रहरीले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending