Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अमेरिका–उत्तर कोरियाबीच दोस्रो शिखर बैठक भियतनाममा हुने

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नेछन् । अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताले शान्तिका लागि बाटो खोलेको बताए । तर आणविक निःशस्त्रीकरण कसरी सम्पन्न हुन्छ भन्नेमा अझैसम्म ठोस कार्यक्रम र रुपरेखा तय भइसकेको छैन । राष्ट्रपति ट्रम्पले भने, “कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्न संयुक्तराज्य अमेरिकाले ऐतिहासिक र साहसिक कदम चाल्नु आवश्यक थियो ।” राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले गत साता कङ्ग्रेसको एक समितिमा अमेरिकी गुप्तचर अधिकारीहरुले अझै पनि कीमले आणविक कार्यक्रम त्याग्नेमा विश्वास नगरेको बताएका थिए । उनले आणविक अस्त्र नै उत्तर कोरियाको मुख्य बाँच्ने आधार रहेको बताएका छन् । गत वर्ष जुनमा भएको पहिलो शिखर बैठकपछि लिइएका भूउपग्रहीय तस्वीरमा उत्तर कोरियाले आणविक सामग्रीहरुको उत्पादनलाई नरोकेको सङ्केत गरेका छन् । गत वर्ष, उत्तर कोरियाले थुनामा रहेका केही अमेरिकीलाई छाडेको थियो भने आणविक तथा लामो दूरीका क्षेप्यास्त्रको परीक्षण स्थगित गरेको थियो । एउटा आणविक परीक्षण केन्द्र ध्वस्त बनाउनुका साथै एउटा रकेट प्रक्षेपण स्थल नष्ट गरेको थियो । तर यी सबै कार्यहरु कुनै पनि अन्तर्राष्ट्रिय विज्ञ वा मुलुकको रोहबरमा गरिएका थिएनन् । यद्यपी राष्ट्रपति ट्रम्पले हालसम्म भएका प्रगतिको विवरण सुनाउँदै भने, “उत्तर कोरियामा कब्जामा रहेका अमेरिकीहरु घर फर्किएका छन्, आणविक परीक्षण रोकिएको छ, र १५ महिनाभन्दा बढी समयदेखि कुनै पनि किसिमको क्षेप्यास्त्र प्रहारका घटना भएका छैनन् । यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए मेरो विचारमा उत्तर कोरियासँग ठूलो युद्ध शुरु भइसकेको हुन्थ्यो ।” “धेरै काम गर्न अझै बाँकी नै छ, तर कीम जोङ–अनसँग मेरो सम्बन्ध निकै राम्रो छ,” उनले बताए । दुई नेताबीच भियतनाममा हुने शिखर बैठकको तयारीका निम्ति उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत स्टेफन बाइगन उत्तर कोरिया प्रस्थान गरेका छन् । भियतनाममा हुने दुई दिने शिखर बैठकको स्थान भने घोषणा गरिएको छैन । भियतनाममा कम्युनिष्ट शासन रहेपनि आर्थिक उदारवाद र स्वतन्त्र व्यापार नीतिका कारण भियतनामले पछिल्लो केहीवर्षदेखि उच्च दरको आर्थिक विकास गरिरहेको छ । एपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending