Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पानी घट्ट लोप हुँदै

अमरगढी।सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् । सुदूरका पहाडी क्षेत्रमा स्थानीय खोलाका पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँु, कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्दथे । तर अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी घट्ट लोप हुन थालेको नवदुर्गा गाउँपालिका–१ का करन कामीले बताए । सुदूरका पहाडी जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरा लगायतका विभिन्न ठाउँमा हजारौँ सङ्ख्यामा रहेका पानी घट्ट प्रयोगविहीन भएको र ती घट्ट नयाँ प्रविधिसाथ सञ्चालन हुन थालेपछि लोप हुनथालेको स्थानीयवासीको भनाइ छ । हाल प्रयोग विहीन रहेका पानी घट्टलाई विभिन्न जिल्लामा गैरसरकारी संस्थाले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल पेलानी र काठ चिरानी समेत गर्नसक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानी घट्ट लोप हुने अवस्थामा पुगेको पुराना घट्ट सञ्चालन गर्दै आउनुभएका अमरगढी नगरपालिका–७ का घट्टधनी पदमबहादुर कैनीले बताए । पहिले पानी घट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो । तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल ठाउँठाउँमा बनेपछि पानीघट्ट प्रयोग गर्नेको सङ्ख्या घटेको छ । केहीले आधुनिक घट्टबाटै कुटानी पिसानी गर्ने गरेका छन् । मिलमा कुटानी पिसानी गरेवापत प्रतिकिलोको रु दुई देखि चार रुपैयाँसम्म रकम दिनुपर्ने गरेको पाइन्छ । अहिले पुराना घट्टमा पिसानी गर्ने कोही पनि नआउने भएकाले पुराना पानीघट्ट बन्द गर्नुपरेको पानी घट्ट चलाउँदै आउनु भएका गन्यापधुरा गाउँपालिका–५ का कमलबहादुर ओली बताए । घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता रहेको तर मिलमा भनेकै समयमा कुटानी र पिसानी हुने भएकाले पानी घट्ट प्रयोग गर्नेको सङ्ख्या घट्दै जाँदा घट्ट बन्द गर्नुपर्ने अवस्थामा पुगेको ओलीको भनाइ छ । तर घट्टबाट पसिानी गरिएका अन्नको पिठो स्वास्थ्यका लागि अति नै लाभदायक मानिने गरेको जानकारहरूको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies