Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

दलित र मुसहर बस्तीमा प्रदेश सांसद

काठमाडौँ । प्रदेश २ का प्रदेश सांसदहरू दलित र मुसहर बस्ती दौडाहामा निस्केका छन् । आर्थिक रूपले विपन्न दलित तथा मुसहर समुदायको अवस्था बुझ्न प्रदेश सांसद उनीहरूको गाउँबस्ती पुगेका हुन् । जनता आवास कार्यक्रम र दलित तथा मुसहरहरूको पीडाबारे समाचार प्रकाशित गरेपछि राजनीतिक दलहरूले आफ्नो ध्यानाकर्षण गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - राजपाकी प्रदेश सभा सदस्य सुरिता साहले आफ्नो क्षेत्रअन्तर्गतको लोहारपट्टी नगरपालिका–४ को लेउरी बस्ती तथा सोही वडाका अन्य दलित बस्तीको अनुगमन गरेकी छिन् । जनता आवास कार्यक्रमबाट घर पाए पनि समयमै निर्माण सम्पन्न हुन नसकी घरविहीन मुसहर तथा दलितहरूको अवस्थाबारे उनले जानकारी लिएकी थिइन् । ६ सयभन्दा बढी मुसहर समुदायको बसोवास रहेको सो वडामा जम्मा ४० जनाले मात्र जनता आवास कार्यक्रमअन्तर्गत घर पाएका छन् । स्थानीय तहलाई आवश्यक निर्देशन दिन्छौँ : प्रजिअ ढकाल महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दशगजामा बसेका मुसहरबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । उनले मुसहर र दलित घरधुरीका विषयमा स्थानीय तहलाई आवश्यक निर्देशन दिनेसमेत बताए । आइतबार नयाँ पत्रिकामा ‘दशगजामा जीवन गुजार्दै मुसहर’ शीर्षकमा समाचार आएपछि प्रजिअ ढकालले त्यसबारे चासो देखाएका हुन् । दशगजामा अनुगमन राजपाकै अर्की प्रदेश सांसद रानी शर्मा तिवारीले मनरा सिस्वा नगरपालिका–१० मधवा दशजगामा बसेका मुसहर बस्ती अनुगमन गरेकी छिन् । केही समयअघि प्रदेश सभामा उनले भूमिहीन मुसहरलाई जग्गा तथा घरसमेतको व्यवस्था गर्न माग गरेकी थिइन् । उनले दशगजामा बसिरहेका नेपाली नागरिकले पाउनुपर्ने सेवासुविधा दिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending