Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

निजगढ विमानस्थल प्रभावितलाई मुआब्जा नपाउने डर

मुलुकमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा उत्पन्न हुनसक्ने अप्ठ्यारो निरुपणका लागि मात्र हैन तराईको विकास र त्यहाँको औद्योगिक तथा व्यावसायिक विकासका लागि निकै महत्वपूर्ण हुने ठानिएको बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुरा जति अघि बढेको छ । काम त्यति अघि सरेको छैन । २०५१ सालमा पहिलो पटक सम्भाव्यता अध्ययन भएको बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु भयो भनिए पनि अहिलेसम्म वातावरणीय प्रभाव मूल्यांकन मात्र प्रतिवेदन स्वीकृत भएर निर्माण मोडालिटी टुंगो लागेको छ । ग्राउन्ड क्लियरेन्सका लागि मुआब्जा वितरण भइरहेको छ । बाँकी जग्गाको बाँकी छ । तराईको लाइफलाइन भनिएको यो विमानस्थलको चार किल्ला पहिचान गरी कंक्रिट डिमार्केसनको काम सकिसकेको छ । पछिल्लो समय रुख कटानले विवाद सिर्जना भएको छ । यद्यपि विमानस्थल निर्माण गर्ने सम्बन्धमा गत वर्ष मन्त्रिपरिषद्ले उक्त विमानस्थलको सडक निर्माण तथा विमानस्थल क्षेत्रको रुख कटान सम्बन्धी कार्यका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेअनुरुप नेपाली सेना र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्बन्धमा स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनअनुसार प्रथम चरणमा निर्माण गरिने क्षेत्रभित्रका रुख कटान आदेशका लागि प्रक्रिया अगाडि बढेको बताइन्छ । विमानस्थल निर्माणको मोडालिटी टुंगो लागे पनि कसले बनाउने भन्ने आधिकारिक सूचना बाहिर आएको छैन । तापनि यो आयोजनामा कतार सरकारको चासो रहेको बताइन्छ । विमानस्थल निर्माणका लागि सरकारले कतारलाई प्रस्ताव गर्दै विस्तृत विवरण कतारलाई पठाएको समाचारहरु पनि बाहिर आएका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पहिलो चरणमा ३ हजार ६०० मिटर लम्बाई र ४५ मिटर चौडा धावनमार्ग बन्ने छ। १९ वटा विमान पार्किङ बे र २ कार्गो पार्किङ बे हुनेछन्। विमानस्थलकालागि आवश्यक कन्ट्रोलटावर २ हजार वर्ग मिटरमा निर्माण हुनेछ। विमानस्थलमा ७५ हजार ५ सय वर्ग मिटरको अन्तर्राट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवन १५ सय वर्ग मिटरको बन्नेछ। कार्गोका लागि भने ५ हजार वर्ग किलो मिटरको टर्मिनल भवन आवश्यक रहेको प्राधिकरणले जनाएको छ। एयर्पोट रिसोर्स एण्ड फाएरफाइटिङ १५ सय वर्ग मिटरमा बन्ने छ ।यी त भए आधिकारिकता पुष्टि नभएका कुरा । अब विमानस्थल क्षेत्रको कुरा गरौं । अहिले विमानस्थलले चर्चने जमिनमा बस्ती बढ्दै पैसा पाइन्छ भनेर घर बनाउन लगाएको बताएका छन् । विमानस्थल निर्माणका लागि आवश्यक ११ हजार ७ सय ७५ विगाह जग्गामध्ये ७ सय ५० विगाह जग्गामा १ हजार ४ सय घरधुरी भने सुकुम्बासी बस्ती छ भने १ सय १० विगाह क्षेत्रफलको जग्गा व्याक्तिको नाममा छन् । बाँकी १० हजार ९ सय १५ विगाह क्षेत्रफलमा घना जंगल छ । हरेक वर्ष बजेट विनियोजन हुने तर काम केही नहुने गर्दा स्थानीयबासी आक्रोशित छन् ।स्थानीयबासीले अहिलेसम्म बजेट पचाउने काम मात्रै भएको आरोप लगाइरहनु र केही आर्थिक वर्षयता निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर रकम विनियोजन हुँदै आउनु तर खर्च कहाँ गर्ने भन्ने अन्योलले काम त्यसै रोकिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending