Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

मुलुकमा दश हजार दुर्घटनाः झण्डै पन्ध्र सयकाे मृत्यु, सबैभन्दा बढि काठमाडौंमा

काठमाडौँ । साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चार हजार २३०, जिप, कार दुई हजार ९५२, बस एक हजार २४४, ट्रक, ट्याङ्कर ९८८, टिपर २५१, टेम्पो १७१ र अन्य ५१ सवारी दुर्घटना भएका छन् । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापरवाहीका कारण धेरै दुर्घटना हुने गरेको बताउँदै “साँघुरो बाटो, तीव्र गति र कमजोर पूर्वाधारका कारण बढी दुर्घटना भएको हो” भने । प्रहरीले दुर्घटना घटाउनका लागि ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै पर्चा, पम्प्लेट, ब्रोसरबाट जानकारीमूलक सन्देश चालक, सहचालक र पैदलयात्रुलाई प्रदान गर्दै आएको छ । यसैगरी दुर्घटना न्यूनीकरण गर्न गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा सातै प्रदेशमा रि–फेसिङ सेन्टर (आरामस्थल) स्थापना गरिएको छ । उक्त आरामस्थलमा चालक, सहचालक र पैदलयात्रुलाई आराम गर्नुका साथै ट्राफिक जनचेतनामूलक कक्षासमेत सञ्चालन गरिएको छ । उपत्यकामा धेरै दुर्घटना, कर्णाली प्रदेशमा कम सवारी दुर्घटना भएकामध्ये सवैभन्दा धेरै काठमाडौँ उपत्यकामा भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा मात्र सात हजार २६० दुर्घटना भएका छन् । प्रदेश–१ मा ९२४, प्रदेश–२ मा ६६८, प्रदेश–३ मा ५३३, गण्डकी प्रदेश ३४१, प्रदेश–५ मा ७४६, कर्णाली प्रदेश ७८ र सुदूरपश्चिम प्रदेशमा १३० सवारी साधन दुर्घटना भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले साँघुरो बाटो र अत्यधिक सवारी साधन भएका कारण बढी दुर्घटना हने गरेको बताउनुभयो । “चालकको लापर्वाही र सवारी नियम नमान्दा बढी दुर्घटना भएको हो”, उहाँले भन्नुभयो । एक हजार ४१३ जनाको मृत्यु चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा परी एक हजार ४१३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक हजार ४३ पुरुष, २४५ महिला, ७६ बालक र ४९ बालिका छन् । यस्तै दुई हजार १५३ व्यक्ति गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये एक हजार ५२२ पुरुष, ४१८ महिला, १२९ बालक र ८४ बालिका छन् । यसैगरी पाँच हजार २१२ सामान्य घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लामो समयदेखि महानगरीय ट्राफिक कार्यालयमा कार्यरत पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठले ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँदै “चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुन्छ भने।” यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन सञ्चालनमा छन् । तीमध्ये झण्डै नौ लाख सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending