Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सामाजिक सञ्जालको कारण सङ्गठित अपराध बढ्याे

बाँके । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै पछिल्लो समय प्रदेश नं ५ मा सङ्गठित आर्थिक अपराध तथा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । जुवाघरदेखि बैंकमा हुने ठगीका मुद्दा प्रहरीमा दर्ता हुने क्रम बढेकाले यस्तो स्थिति देखिएको हो । प्राप्त तथ्याङ्कमा चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मात्र सङ्गठित आर्थिक अपराध र बंैकिङ कसुरसम्बन्धी ५३१ उजुरी परेका छन् । तीमध्ये ४४८ सङ्गठित आर्थिक अपराधसम्बन्धी र ८३ बैंकिङ कसुरका रहेको प्रदेश प्रहरी मुख्यालयले जनाएको छ । मुख्यालयका अनुसार प्रदेशमा साउनदेखि पुस मसान्तसम्म ५२५ आत्महत्यासम्बन्धी घटना दर्ता भएकामा झुण्डिएर ३४९, बिषसेवन गरेर १४१, पानीमा डुबेर चार र विविध आत्महत्या १३ का साथै आत्महत्या प्रयासका १८ उजुरी दर्ता भएका छन् । आत्महत्या जस्तो अपराध नियन्त्रणका लागि समाजमा मनोपरामर्श कार्यक्रम गर्नुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका छन् । हतियारधारी अपराधीविरुद्ध प्रदेश प्रहरी कडारूपमा प्रस्तुत हुने प्रदेश नं ५ का प्रहरी नायव महानिरीक्षक(डिआइजी) पिताम्बर अधिकारीले बताए । अपराधिक क्रियाकलापमा लागेका विरुद्ध ‘इन्काउन्टर’ भइरहेका बेला डिआइजी अधिकारीले त्यस्ता अपराधीविरुद्ध आगामी दिनमा प्रहरी झन् सशक्त भएर अघि बढ्ने बताए । हतियार सहितको सङ्गठित अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटना प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको उनको भनाइ थियो । सवारी साधन दुर्घटना नियन्त्रण प्रदेश नं ५ का लागि चुनौतीपूर्ण बनेकाले महेन्द्र राजमार्गमा रात्रिकालीन सवारी दुर्घटना नियन्त्रण गर्न विशेष अभियान चलाउन लागेको डिआइजी अधिकारीले जानकारी दिए । प्रदेश सरकारसँगको समन्वयमा प्रहरीले बर्दघाटदेखि चिसापानीसम्म सिसीटिभी क्यामरा जडान गर्ने योजना बनाएर प्रक्रिया अघि बढाएको, मातहतका प्रहरी कर्मचारीलाई प्रचारमुखीभन्दा परिणामुखी बन्न निर्देशन दिइएको, पहुँच नभएकालाई सहजै सेवा उपलब्ध हुने वातावारण सिर्जना गर्न पहल गरिएको उनको भनाइ थियो । लागुऔषधको घटना बढ्दो लागुऔषध ओसारपसारको दृष्टिले जिल्लाको अवस्था नाजुक छ । जिल्ला प्रहरी कर्यालयले चालू आवको पुस मसन्तसम्ममा लागुऔषधको ओसारपसारमा संलग्न रहेको अभियोगमा ११९ मुद्दामा १८२ लाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रहरी नियन्त्रणमा रहेकामध्ये १६७ नेपाली पुरुष, पाँच महिला, नौ भारतीय र एक बङ्गलादेशी नागरिक छन् । अघिल्लो आर्थिक वर्ष परेका ८४ उजुरीमा संलग्न १२९ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको व्यूरोका इन्चार्ज तथा प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट २६९ ग्राम ८०० मिलीग्राम ब्राउनसुगर, ३९ किलो ३५६ ग्राम चरेश, दुई किलो ७२० ग्राम गाँजा, पाँच लिटर ८०० मिलीलिटर कोरेक्स, पाँच हजार २७६ ट्याब्लेट नाइट्रोजोपाम र २४ ट्याब्लेट स्पामो बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लागुऔषध ओसारपसारमा आव २०७२÷७३ मा ९७ मुद्दामा १०८ जना पक्राउ परेका थिए । आव २०७४÷७५ लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा १४५ मुद्दा दर्ता गरी ३१० लाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । प्रहरीका अनुसार नेपालबाट गाँजा, अफिम र चरेश भारततर्फ लैजाने र भारतबाट ब्राउनसुगर, नाइट्रोजोपाम ट्याब्लेट, स्पामो ट्याब्लेट र कोरेक्सजस्ता लागुऔषध नेपाल भित्रिने गरेको बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending