माघ १७ गते, २०७५ बिहिवार 31st January, 2019 Thu११:०९:०० मा प्रकाशित
खोटाङ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आएका उनका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको हो ।
नेपालको विभिन्न जिल्लाका साथै भारतको सिक्किम र हङकङमा समेत पुगेर मूर्ति निर्माण गरिसक्नुभएका राईले अहिले फाइवर, ढुङ्गा, माता तथा पित्तल, धलौट, सिमेन्ट, काठ तथा बाँसलगायत कच्चा पदार्थ प्रयोग गरेर सबै किसिमका मूर्ति निर्माण गर्नुहुन्छ । बुबा मनदत्त राई र आमा धनकुमारी राईको जेठो छोरा रोजन सानै उमेरदेखि मूर्तिकलामा चासो राख्ने व्यक्ति रहेको उहाँका छिमेकी बताउँछन् ।
बीस वर्षदेखि मूर्ति निर्माणको पेशा अँगाल्दै आउनुभएका राईले अहिलेसम्म हजारौँ मूर्ति तथा प्रतिमा निर्माण गरिसकेका छन् । “विशेषगरी संस्कृतिसम्बन्धी मूर्ति निर्माणको माग बढी आउँछ”, उनी भन्छन्, “अहिले हङकङकमा पठाउनका लागि काम भइरहेको छ, यो सक्ने बित्तिकै अमेरिका, बेलायतलगायत देशमा गएर मूर्ति बनाउनुपर्ने छ ।”
धनकुटाको भेँडेटारमा कला उद्योग, आर्ट स्टुडियो र ग्यालरी रिसोर्टसमेत सञ्चालन गर्नुभएका मूर्तिकार राईले आफ्नो मासिक कमाइ रु दुई लाख ५० हजारसम्म हुने गरेको बताउछन् । “नौ कामदारलाई खाना तथा खाजा खुवाएर मासिक रु १५ हजार तलब दिनुपर्छ ।” उनी भन्छन्, “बढ्दो महङ्गीमा पनि सबैथोक कटाएर मासिक रु दुई लाख ५० हजारसम्म बचत हुन्छ ।”
मूर्तिकार राईले काठमाडौँको शङ्खमुलस्थित वाग्मती किनारमा देशकै सबैभन्दा ठूलो शङ्खको मूर्ति, कोटेश्वरमा रैछाकुलेको प्रतिमा, खोटाङको हलेसीस्थित तुवाचुङ जायाजुङमा तायामा, खियामा र रैछाकुलेको प्रतिमा, धनकुटामा हिलेको तुङ्बा, भेँडेटारमा शङ्ख मन्दिर, धरानको यलम्बर पार्कमा यलम्बर राजाको प्रतिमा, पार्खीबासमा बुद्धको मूर्ति, दिक्तेलको भुलभुलेमा बुढानिलकण्ठको मूर्ति, विभिन्न जिल्लामा शहीदका प्रतिमा निर्माण गरिसकेका छन् । नेपालका प्रायः सबै जिल्लामा पुगेर मूर्ति तथा प्रतिमा निर्माण गरेका राईले भारतको सिक्किममा सुम्निमा÷पारुहाङ, यलम्बर, किरातेश्वरलगायत १०० भन्दा बढी मूर्ति निर्माण गरिसक्नु भएको छ ।
सिक्किमको गान्टोकस्थित राङ्का गाउँपालिकामा निर्माणाधीन पारुहाङ साप्तेन माङ्गखिममा मूर्तिकार राईले निर्माण गर्नुभएको चिण्डो (बाबु) सबैको आकर्षण बढेको बताइएको छ । ऐतिहासिक चित्रलाई मूर्ति तथा प्रतिमा आकार दिएर आम समुदायमा पु¥याउन पाउँदा आफैँलाई गर्व महसुस हुने गरेको मूर्तिकार राई उल्लेख गर्छन् “जुनसुकै धर्म तथा जातजातिको विषयमा होस्, उनीहरुको संस्कृति संरक्षणमा मैले पनि धेरथोर सहयोग गर्न पाएको छु ।” उनी भन्छन्, “कतिपय देख्दै नदेखेको कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गर्न पाउँदा आफैंलाई गर्व लाग्छ ।”
मूर्तिकार राईले आफ्नो पेशासँगै नेपालका विभिन्न जिल्लामा पुगेर दर्जनौँ युवालाई हस्तकलासम्बन्धी तालीम दिएर स्वरोजगार पनि बनाएका छन् । उनले तालीम दिएका कतिपय युवाले फर्म नै खोलेर हस्तकलासम्बन्धी काम गरिरहेका छन् । पछिल्लो समय नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति तथा बुद्ध पार्कको नमूना र प्रतिमा निर्माणका काम थालिएको राईको भनाइ छ । धरानको भेँडेटारमा निर्माण गरिने उक्त मूर्ति र पार्क आगामी तीन वर्षभित्र पूरा हुने जनाइएको छ । “हाम्रो देश पर्यटकीय क्षेत्रको हिसाबले समृद्ध छ”, उनी भन्छन्, “सरकारको ध्यान जान सकेमा पर्यटनबाट नै मनग्य आम्दानी गर्न सकिन्छ ।”
नेपालका विभिन्न ठाउँमा आयोजना गरिएका हस्तकला प्रदर्शनीमा दर्जनौँ उत्कृष्ट पुरस्कार प्राप्त गरेका मूर्तिकार राईले ललितकला प्रज्ञा परिषद्बाट हस्तकला मूर्तिकला विभागअन्तर्गत विशेष सम्मानसमेत प्राप्त गरिसकेका छन् । हस्तकलाका माध्यमबाट नेपालका आदिवासी जनजातिको संस्कार/संस्कृति संरक्षण तथा प्रवद्र्धनमा मूर्तिकार राईले महत्वपूर्ण भूमिका निर्वाह गरेवापत नेपाल आदिवासी जनजाति महासङ्घले पनि सम्मान गरेको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: