Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

किन पर्न थाले भेडापालन व्यवसाय सङ्कटमा ?

पाँचथर । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पुस्तौँदेखि गरिँदै आएको भेडापालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ । खर्कको अभावले भेडीगोठ मासिने अवस्थामा पुगेको कृषकको भनाइ छ । उत्तरपूर्वी क्षेत्रमा पाँच दशक लामो समय भेडीगोठ सम्हालेर बसेका फालेलुङ–४, गुरुङटारका क्यादरलाल गुरुङले केही वर्ष अघि खर्कको अभावले भेडीगोठ छोडे । अहिले गुरुङसँग ५० भेडामात्र छन् तर आफ्नो गोठमा होइन, अर्काको गोठमा । २०२१ सालदेखि भेडीगोठ बस्न थालेका क्यादरलालका भेडा आफ्नो गोठ नभएपछि अहिले अर्कै गोठको गोठालाले हेर्छ । उत्तरपूर्वी पाँचथरको याङवरक–१, च्याङथापुका गर्जमान गुरुङले पनि ३५ वर्षदेखि गर्दै आएको भेडीगोठ गत वर्ष बेच्नुभयो । अहिले उनी अर्कै पेशामा छन् । क्यादरलाल र गर्जमानजस्तै अन्यले पनि भेडीगोठ छाडेका छन् । गर्जमानले भने– “१५ वर्षअघि पाँचथरमा मात्र एक दर्जन जति भेडीगोठ थिए, त्यो सङ्ख्या घट्दै आएर अहिले तीन वटामा झरेको छ ।” उनका अनुसार चरिचरन क्षेत्रको अभाव भेडीगोठ मासिनुको प्रमुख कारण हो । किसानले अलैँची, चिराइतो, अम्लिसोजस्ता बिरुवा लगाएपछि तल्लो क्षेत्रमा खर्कको अभाव हुँदा भेडीगोठको अस्तित्व सङ्कटमा परेको हो । एउटा चोकमा कम्तीमा २०० भन्दा बढीको सङ्ख्यामा भेडा हुन्छन् । त्यसैले राम्रो घाँस भएको क्षेत्रमा पनि बढीमा एक हप्तादेखि दश दिनसम्म मात्र भेडा राख्न सकिन्छ । घाँस कम भएको क्षेत्रमा बढीमा पाँच दिनसम्म मात्र राख्न सकिन्छ । एउटा खर्कदेखि अर्को खर्कमा सारिरहनुपर्ने भएकाले भेडाको लागि ठूलो चरन क्षेत्र आवश्यक पर्ने गर्जमाको भनाइ छ । तर, विभिन्न बिरुवा र बाली लगाइएपछि विगतका चरन क्षेत्र अहिले साँघुरो बनेका छन् । गर्मीयाममा लेकको खर्कले धाने पनि जाडोयाममा बेँसी क्षेत्रमा चरन क्षेत्र अभाव हुँदा भेडीगोठ लोप हुने अवस्थामा पुगेको क्यादरलालले बताए । नेपाल–भारत सीमावर्ती फालोट क्षेत्रको भारततिरको भू–भागमा कडाइ गरिएपछि अहिले लेक क्षेत्रमा पनि चरिचरनको समेत समस्या रहेको भेडीगोठ व्यवसायी बताउँछन् । त्यस्तै भेडालाई जङ्गली जनावरले आक्रमण गर्ने, विभिन्न रोग लाग्ने र गोठालो नपाइने समस्याले पनि भेडीगोठ मासिँदै गएको कृषकको गुनासो छ । अहिले जिल्लामा याङवरक च्याङ्थापुका वीरबहादुर बेघा, फालेलुङ मेमेङका टेकबहादुर गुरुङ र फालेलुङ खुगाँका दीपेन्द्र आङ्बोले मात्र भेडीगोठको अस्तित्व बचाइरहेका छन् । भेडाबाट लाभै लाभ भेडापालन व्यवसायमा मुख्य आम्दानीको स्रोत पाठापाठी, ऊन र घ्यूको बिक्री हो । भेडाको ऊनबाट आकर्षक राडीपाखी बनाइन्छ भने घ्यू औषधिको रूपमा प्रयोग हुन्छ । तीन सय भेडासहितको रु १५ लाख मूल्य बराबरको भेडीगोठ सञ्चालन गर्दै आएका दीपेन्द्र आङ्बोका अनुसार भेडाको घ्यू आगोले पोलेको, पिल्सेको र हातखुट्टा मर्केको अवस्थामा औषधिको रूपमा प्रयोग गरिन्छ । उनले भने, \'अहिले हामी अढाइ महीनासम्मको पाठापाठी प्रतिगोटा दश हजार, घ्यू प्रतिकेजी रु दुई हजार ५०० र ऊन प्रतिकेजी रु ४०० सम्ममा बिक्री गर्दै आएका छौँ ।\' अहिले राडीपाखी बनाउन सीप भएकानै कम भेटिने हुनाले ऊनको बिक्री खासै राम्रो नभएको भेडापालक व्यवसायी बताउँछन् । ओछ्याउनलाई आधुनिक र आकर्षक किसिमका बजारीया सामग्रीमा मानिसको आकर्षण बढेपछि घरैमा बनाइने राडीपाखी कम बिक्ने गर्दा अत्यन्तै कमले मात्र राडीपाखी व्यवसाय गर्ने गरेको उनीहरूको भनाइ छ । भेडीगोठ लोप भएर सकिने अवस्थामा पुगेपछि भेडालापनलाई हराएर जान नदिन केहीले खोरमै कोचेर भेडा पालिरहे पनि खोरका भेडा खुला खर्कमा रमाउँदै चर्ने भेडाजस्तो नहुने भेडीगोठ सञ्चालक टेकबहादुर गुरुङले बताए । राज्यस्तरबाटै पहल हुनुपर्ने राज्यस्तरबाट खर्कको व्यवस्थापन, औषधोचारको व्यवस्था, ऊनको बजार व्यवस्थापन जस्ता भेडीगोठलाई प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम ल्याइए भेडीगोठ मासिएर जानबाट रोक्न सकिने कृषकको भनाइ छ । विगतको तुलनामा अहिले भेडीगोठबाट राम्रो आम्दानी गर्न सकिने भए पनि विभिन्न समस्याले भेडीगोठ राख्नै नसकिने अवस्था सिर्जना हुँदै गएको कृषकको गुनासो छ । पाँचथरमा मात्र होइन, छिमेकी ताप्लेजुङ र इलाम जिल्लामा पनि भेडीगोठ मासिएर जाने अवस्थामा पुगेको छ । भेडीगोठ संरक्षणका लागि आवश्यक योजना बनाउन छलफल भइरहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङको भनाइ छ । आउँदो आर्थिक वर्षमा भेडीगोठ संरक्षणका लागि कार्यक्रम ल्याइने केरुङले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies