Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

देशभरि शहीद दिवस मनाइरहँदा जनआन्दोलनका घाइते मुकेश भने ओछ्यानमै

बनेपा। मुलुक परिवर्तनका लागि ज्यानको आहूति दिने शहीदको सम्झनामा आज देशभरि शहीद दिवस मनाइरहँदा २०६२/६३ का जनआन्दोलनका घाइते मुकेश कायस्थ भने ओछ्यानमा नै छटपटिरहेका छन् । उनी २०६२ चैत २७ गते बनेपामा गोली लागी घाइते भएका थिए। उपचारको क्रममा अहिलेसम्म तीन पटक टाउकाको शल्यक्रिया गरिसकेका उनको अवस्था पछिल्लो समय झन् जटिल बन्दै गएको आमा मीरा कायस्थले बताए । पहिलाको तुलनामा उपचार गरेर सुधार हुँदै आएको भए पनि अहिले नसाका कारणले छारे रोगजस्तो लक्षण देखिएको छ । पहिलाको जस्तो बोल्न खोज्ने, हातखुट्टा चलाउनेजस्ता क्रियाकलापसमेत नदेखाएको उनले बताए । गत असार १ गतेबाट सो लक्षण देखापरेका मुकेशलाई शुरुमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा लगेको र त्यसको १५ दिनपछि नसाको उपचारको लागि ट्रमा सेन्टरमा १५ दिनसम्म उपचार गरिएको थियो । त्यहाँ पनि टाउकोको शल्यक्रिया गर्नुपर्छ भनेपछि शल्यक्रिया नगरी घरमा नै ल्याएर राखेको परिवारले जनाएको छ । घरमा राखेर पनि सुधार नभएपछि पुनः काठमाडौँको मिडिसिटी अस्पतालमा उपचारको लागि लगेको र चिकित्सकको सल्लाहअनुसार टाउकामा जमिरहेको पानी निकाल्नुपर्छ भनेपछि गत मङ्सिर १३ गते शल्यक्रिया गरी पानी निकालेको आमा मीराले बताए । “शल्यक्रिया गरेपछि पनि खासै सुधार देखिएको छैन” उनले भने, “पछि फेरि निमोनिया भएपछि घाँटीमा प्वाल पारी कफ निकालेर थप उपचार गरिरहेको भएपनि पूर्णरुपमा निको भएको छैन ।” अहिलेसम्म पनि उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि मिडिसिटी अस्पतालमा उपचार गरेको बखतको खर्च भने स्वास्थ्य मन्त्रालयका सचिवले यो अन्तिम पटक हो, अब सकिँदैन भन्दै उपचार खर्च दिएको बताए । सरकारको निर्णय यति छिट्टै परिर्वतन हुन्छ त रु उनले प्रश्न गर्दै भने, “सरकारले गरेको निर्णय नै यतिछिट्टै परिवर्तन हुन्छ भने कसरी भन्ने शहीदको सपना साकार पार्छ र सम्मान हुन्छ भनेर रु” ‘‘मुकेशलाई भत्ता बढाइदेऊ भनेका छैनौँ, उपचार राम्रोसँग गरिदिनुहोस्, अब सरकारले मुकेशको नाममा पुनःस्थापना केन्द्र९अस्पताल० खोलियोस्” उनले भने “अहिले पो हामी सक्षम छौँ आमा बाबाले उपचार गरिहेका छौँ, भोलि हामी सशक्त हुँदा कसले उपचार गरिदिन्छ, त्यसैले उहाँजस्ता घाइतेका लागि उपचार गर्न सरकारले अस्पताल खोलिदियोस् ।” प्रधानमन्त्रीदेखि विभिन्न पार्टीका नेतासमेत आएर मुकेशलाई संसारको जुनसुकै ठाउँमा लगेर भए पनि उपचारको लागि लाग्ने सबै खर्च ब्यहोर्ने र जिउँदो शहीद घोषणा गर्ने भनिएता पनि अहिलेसम्म मन्त्रिपरिषद्ले सो निर्णय नगर्नु र पछिल्लो समयमा उपचारको लागि लाग्ने खर्चसमेत ब्यहोर्न आनाकानी गर्नुले मुलुक परिवर्तनका लागि ज्यानको आहुति दिने शहीद र उनका परिवारको योगदानको अवमूल्यन भएको परिवारको गुनासो छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending