यस बर्षबाट शान्ति मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने
माघ १६ गते, २०७५ बुधवार 30th January, 2019 Wed१३:०७:०१ मा प्रकाशित
काठमाडौंँ।सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ ।
विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा यो वर्षदेखि व्यक्तिगत भत्ता कटौती नगर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।
खनालले भन्नुभयो, “यसै वर्षबाट संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालबाट युएन मिसनमा सहभागी भएका सशस्त्र प्रहरी कर्मचारीले मिसनमा सहभागी भएबापत पाउने व्यक्तिगत भत्ता कट्टी गरिने छैन ।”
यसअघि सशस्त्र प्रहरी परिवार महिलासङ्घलाई अमेरिकी डलर ३५, पूर्वसशस्त्र प्रहरी सङ्घलाई अमेरिकी डलर ३५ र खेलकूद शाखालाई ८० डलर गरी १५० डलर भत्ताबाट कटौती गरी उपलब्ध गराउँदै आएकोमा अब भने उक्त रकम कट्टी नगरी सम्बन्धित कर्मचारीले नै पाउने व्यवस्था गरिएको खनालले बताए ।
उहाँका अनुसार सशस्त्र प्रहरीले यसै वर्षबाट नेपाल एपिएफ अस्पतालमा उपचार हुन नसकेका दीर्घरोग लागेका बहालवाला कर्मचारी, पूर्वकर्मचारी र बहालवालाका सन्ततिका लागि कम्तीमा रु ५० हजारदेखि बढीमा रु एक लाखसम्म निःशुल्क उपचार खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ । गोताखोर प्रशिक्षण लिई विपद व्यवस्थापन कार्यमा साहसिक ढङ्गले विशिष्ट योगदान गर्ने सशस्त्र प्रहरी कर्मचारीका दुई सन्ततिलाई निःशुल्क अध्ययन गराउने व्यवस्थासमेत मिलाइएको छ ।
यसै वर्षबाट ७० वर्ष नाघेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक जनही रु १२ हजार भत्ता दिने तथा बहालवाला पूर्वसशस्त्र प्रहरी कर्मचारी र उनका सन्ततिको शुभविवाहका लागि ब्याण्डबाजा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक खनाले जानकारी दिनुभयो ।
सङ्गठनमा कर्यरत कर्मचारी, पूर्वकर्मचारी, दुर्गम क्षेत्रका सर्वसाधारणसहितलाई लक्षित गरी यस वर्ष विभिन्न कल्याणकारी योजना ल्याइएको महानिरीक्षक खनालले बताउनुभयो । उहाँका अनुसार वीरगति प्राप्त प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नता र उत्कृष्टताका आधारमा १२ कक्षामा दुई जना र दुर्गम स्थानमा बस्ने सर्वसाधारणका दुई बालबालिकालाई नेपाल एपिएफ स्कूलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ ।
भूकम्पले प्रभावित पूर्व सशस्त्र प्रहरीका कर्मचारीलाई राहतस्वरुप रु २४ करोड ४९ लाख ६५ हजार वितरण गरिएको तथा राहत पाउन छुट भएकालाई कल्याणकारी कोषबाट रु एक करोड ६६ लाख ७० हजार वितरण गरिएको समेत खनालले जानकारी दिनुभयो ।
रु २२ करोड बढी राजश्व सङ्कलन
सशस्त्र प्रहरीले पछिल्लो नौ महीनामा विभिन्न मालसामान बरामद गरी रु २२ करोड ७१ लाख राजश्व सङ्कलन गरेको छ । उक्त अवधिमा नौ थान भरुवा बन्दुक, नौ थान पेस्तोल, ४६ राउण्ड गोली, १०० ग्राम बारुद, पेस्तोलमा लाग्ने म्यागेजिन छ थान बरामद गरी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।
यसैगरी सो अवधिमा गाँजा चरेश ४२९ केजी, ब्राउनसुगर १६ ग्राम बरामद गरी नेपाल प्रहरीलाई बुझाएको, विपद् तथा जोखिम क्षेत्रमा फसेका चार हजार ८५ जनालाई उद्धार गरेको छ भने सोहि अवधिमा ७४७ मृतकको उद्धार तथा व्यवस्थापन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मङ्गलबार मात्रै दुई थान पेस्तोलसहित रौतहटबाट एक जना पक्राउ गरिएको जनाइएको छ ।
यस्तै सशस्त्र प्रहरीका १३६ लाई विपद् व्यवस्थापन तालीम दिई दक्ष जनशक्ति उत्पादन गरेको तथा विभिन्न आठ देशमा गएर १५२ ले विदेशी तालीम प्राप्त गरेको पनि सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: