Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

जाडोमा ब्रेन स्ट्रोकको जोखिम

काठमाडौँ । सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश बिरामीलाई पक्षाघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ । ब्रेन स्ट्रोक हुँदा टाउकोको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, बेहोस हुने, आँखा नदेख्ने आदि हुन्छ । मस्तिष्कको पूरै भागबाट रक्तसञ्चार बन्द भएमा मानिसको मृत्युसमेत हुन्छ । यसकारण जाडोमा जोखिम आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गर्मी मौसमको तुलनामा जाडोमा बे्रन स्ट्रोक हुने समस्या ३० प्रतिशतले बढी हुन्छ । जाडो मौसममा कम व्यायाम गरिने, उच्च रक्तचापको समस्या बढ्ने गर्छ । यसले ब्रेन स्ट्रोकसँगै अन्य रोगको संक्रमणको खतरासमेत बढी हुन्छ । त्यस्तै, जाडोमा रगत गाढा हुने गर्छ । जसको कारण नसामा दबाब पर्ने, फुट्ने सम्भावनासमेत बढेर जान्छ । फलस्वरूप ब्रेन स्ट्रोकको जोखिमसमेत बढ्छ । कसलाई बढी जोखिम ? जुनसुकै उमेरका मानिसमा पनि मस्तिष्कघात वा पक्षाघातको खतरा हुने गर्छ । यद्यपि, गर्भनिरोधक चक्की सेवन गरिरहेका महिला, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीमा यसको जोखिम बढी हुन्छ । कसरी थाहा पाउने ? ब्रेन स्ट्रोक हुँदा एक्कासि बेहोस हुने हुन्छ । अन्य समस्याका कारण बेहोस हुँदा मानिस एकैछिनमा आफैँ ठीक हुन्छ । तर, स्ट्रोक हुँदा लामो समयसम्म बेहोस हुने अर्थात् होसमै नआउने हुन्छ । अचानक मुख बांगिने, प्यारालाइसिस हुने, कमजोर महसुस हुने, एक्कासि आँखा नदेख्ने यसका मुख्य लक्षण हुन् । उपचार बे्रन स्ट्रोक भएमा सकेसम्म छिटो उपचार गरिसक्नुपर्छ । जति छोटो समयमा उपचार गर्न सकियो, त्यति नै उपलब्धिमूलक हुन्छ । मस्तिष्कमा रगत भरिँदै गएको भए उपचार गर्न अझ हतार गर्नुपर्छ । रक्तसञ्चार बन्द भएर पक्षाघातको स्थिति आएमा ३ घन्टाभित्रमा अस्पताल पुर्‍याइसक्नुपर्छ । रोगको अवस्था हेरेर शल्यक्रिया वा औषधि सेवनबाट यसको उपचार सम्भव छ । यद्यपि, नेपालका अधिंकाश अस्पतालमा न्युरो सर्जन छैनन् । यो आवश्यकता पूर्ति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । कारण ब्रेन स्ट्रोक हुनुका विभिन्न कारण छन् । अत्यधिक धूम्रपान गर्नु, बढी तनावयुक्त जीवन जिउनु आदि कारणले यसको जोखिम हुने गर्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending