Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

जोरपाटी खानेपानीको ठूलो पाइप फुट्दा आवागमनमा बाधा

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका–४ स्थित जोरपाटी–गोकर्ण–सुन्दरीजल मूल सडकमा खानेपानीको ठूलो पाइप फुट्दा सवारी आवागमनमा बाधा पुगेको छ ।  एक साताअघि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरण गर्ने थोक प्रणालीको पाइप बिच्छयाउँदा राम्रोसँग नपुरिएका कारण सुन्दरीजलबाट ल्याइएको वाग्मतीको पानीको पाइप फुटेको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाका प्रमुख उमेशबाबु मरहट्ठाले आजभोलिमै काम सकी सडक बाधारहित रुपमा सञ्चालन हुने बताए । चारदिनदेखि शुरु भएको काम नसकिँदा आवतजावतमै समस्या भएको स्थानीयवासीको गुनासो छ । साँघुरो सडकमा पाइप फेर्ने काम गरिँदा सवारी घण्टौँ जाममा पर्ने गरेका छन् । गोकर्णेश्वर महादेव मन्दिर र भगवतीस्थान मन्दिरअघिको साँघुरो सडकमा पाइप फुटेकाले सुन्दरीजल, सुन्ताखान, पाखाथोक, नाम्गेललगायत स्थानबाट रत्नपार्क र रत्नपार्कबाट त्यसतर्फ जाने सवारीको आवागमनमा समस्या भएको स्थानीयवासी श्यामकृष्ण श्रेष्ठले गुनासो गरे । नगरपालिकाको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले लिमिटेडसँग समन्वय गरी आजभोलिमै काम सक्न लागिएको बताए । विसं २०५२ मा हाजमा कम्पनीले राखेको ठूलो पाइप निर्देशनालयले राखेको नयाँ पाइपका कारण फुटेको हो । सो पाइपबाट लिमिटेडको महाँकालचौर शाखास्थित पानीपोखरीमा पानी खसाली प्रशोधन गरेर उपत्यकामा वितरण हुने गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending