कुनै पनि धार्मिक सम्प्रदायको निर्माण ठूल्ठूला तपस्या, बलिदान ,रक्तपातबाट भएको छ ।स्वभाविक रुपमा उनका अनुयायीको संख्या बढ्दै गयो र त्यसले एउटा धार्मिक सम्प्रदायको रुप लियो । त्यसको करीब पच्चीस सय बर्षपछि हिन्दु धार्मिक राजपरिवारमा जन्मेका बुद्धले राजपाठ त्यागेर मानवमात्रको हित र कल्याणका लागि आजीवन तपश्वी बने र ज्ञान प्राप्त गरे ।उनले प्रतिपादन गरेको धर्मको सर्वोपरि मान्यता सबैलाई माया गर भन्ने थियो । अर्का महापुरुष यशु ख्रीष्ट जन्मनु अगावै बुद्धको विचारले एशियाको अधिकांश भूभागमात्र होइन, अलेक्जेडियासम्म आफ्नो प्रभाव जमाइसकेको थियो । महापुरुष यशु ख्रीष्टले त आफ्नो सम्पूर्ण जीवन दुःखमा परेका मानिसहरुको उद्धारमा खर्चिएको देखिन्छ । उनी जन्मिएको समाजमा विद्यमान शोषण र अत्याचारको निशानामा आफै पर्दा समेत त्यसको उनले कुनै प्रवाह गरेनन् । उनी प्रष्ट रुपमा दुःखीको पक्षमा थिए भन्ने कुरा उनका दुईवटा भनाईबाट देख्न सकिन्छ ।“जति सियोको टुप्पोमा ऊँट छिराउन सजिलो छ,त्यति सजिलो धनीलाई परमेश्वरको राज्यमा छिर्न सजिलो छैन ।“(म्याथ्यू १९ः२० ) र “फ्याउराको लुक्ने दुलो छ, आकासमा उड्ने चराहरुको गुँड छ तर मेरो टाउको लुकाउने ठाउँ समेत छैन ।”(म्याथ्यू ८ः१९–२०) यी भनाईले उनको पारिवारिक स्थिति र बर्गीय दृष्टिकोण प्रष्ट हुन्छ । मुस्लीम धर्मका प्रबर्धक पैगम्वर महम्मदका समान दृष्टान्तहरु पाइन्छन् । यी प्रशंग उल्लेख गर्नुको तात्पर्य के हो भने हाल संसारमा अस्तित्वमा रहेका धर्महरुको शुरुवात दुःख र अन्यायमा परेका हित र उद्धार हेतु भएको थियो । त्यसकारण एउटा धर्म अगाल्दा विछट्टै राम्रो हुने र अर्को धर्म अगाँल्दा चाहिँ अपराध हुने जुन तर्क बेला बेला सुनिन्छ, त्यो तर्क निन्दनीय छ । आज युरोप र अमेरिकामा पूर्वीय धर्म दर्शनप्रति चासो बढेको देखिन्छ भने यशु ख्रीष्टले प्रतिपादन गरेको धर्म दर्शनले नेपाल लगायत विभिन्न एशियाली मुलुकमा मानिसहरुको मन आकर्षित गरिरहेको छ । यो नितान्त स्वभाविक विषय हो । एउटा सानो गाउँ जस्तो विश्वमा यस्ता प्रभावहरुलाई कुनै राज्य, सरकार वा पार्टीको बुताले रोक्न सक्दैन । कसैले रोक्ने प्रयास गरे पनि उसको राजनीतिक रोटी त क्षणिक रुपमा सेकिएला तर त्यसले मानवमात्रको कल्याणमा दीर्घकालीन कुठाराघात गर्दछ । आफूले मन पराएको धर्म मान्न पाउनु ब्यक्तिको नैसर्गिक अधिकार हो भन्ने बुझेकाहरुबाटै बेलाबेला सो अधिकारविरोधी टिप्पणी सुनिनु दुःखद विषय हो । धर्म सापेक्षताको माग गर्ने पार्टी र धर्म निरपेक्षता लागू गर्ने पार्टीभित्रका हिन्दुवादीहरुले बुझे हुन्छ, अब मुलुक अँध्यारो विगततिर फर्कन सक्दैन । निःसन्देह, अबको राजनीति एजेण्डाको आधारमा हुन्छ, धर्मको नाममा होईन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: