अण्डाको सस्तो पसल खुल्दै, अब कति रुपैंयाँमा पाइन्छ ?
माघ ९ गते, २०७५ बुधवार 23rd January, 2019 Wed११:३८:१७ मा प्रकाशित
चितवन। उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफैंले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८।१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार बिचौलियाका कारण कृषक र उपभोक्ता मारमा परेका छन् । अहिलेको बजार संरचनाअनुसार पाँच ठाउँ पार गरेर किसानको अण्डा उपभोक्ताकोमा पुग्ने गर्दछ । कँडेलको भनाइमा किसानले दानावालालाई अण्डा दिने गर्दछन् । दानावालाले प्रमुख शहरको सङ्कलन केन्द्र ९डिलर०लाई अण्डा दिने गर्दछ । त्यसपछि अण्डा केन्द्रबाट सहायक केन्द्र, सहायक केन्द्रबाट बिक्री गर्ने व्यक्ति ९सेल्सम्यान० र बिक्री गर्ने व्यक्तिबाट किराना पसलसम्म पुग्छ ।
यसरी अण्डा उपभोक्ताकोमा पुग्दै गर्दा एउटाले प्रतिक्रेट रु पाँचदेखि रु ३० सम्म नाफा राख्ने सैद्धान्तिक सहमति रहेको छ । यद्यपि बजारको अवस्था हेरेर बढी नाफा राखिदिँदा किसान र उपभोक्ता मर्कामा पर्ने गर्दछन् । अण्डाको दरभाउमा बिचौलियाको प्रभाव हुने हुँदा किसानले लागत मूल्य नपाएको गुनासो गरेका छन् ।
सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले किसान र उपभोक्तालाई लाभ पु¥याउन सस्तो पसल सञ्चालन गर्न लागेको बताए । पहिलो चरणमा चितवनका तरकारी मण्डी र प्रमुख बजारमा सस्तो मूल्यका अण्डा बिक्री केन्द्र खोलिने छ । क्रमशः काठमाडौँ, पोखरा, दाङलगायतका क्षेत्रमा केन्द्र खोली किसान र उपभोक्तालाई लाभ दिन लागिएको उहाँले जानकारी दिए । कृषकको ठूलो लगानी भए पनि मूल्य नपाउँदा मारमा परेको पोखरेलले बताए ।
दानाको कच्चा पदार्थ महँगिएसँगै अण्डाको लागत मूल्य बढेको छ । हालको बिक्री मूल्यले लागत मूल्य नधान्ने बताउँदै उहाँले बिचौलियाको प्रभाव कम गरेर कृषक बचाउन नसके आत्मनिर्भर रहेको व्यवसाय सङ्कटमा पर्ने बताए । हाल नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुँदै आएको छ । दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध भएको बताउँदै उहाँले एक लाख ७० हजारलाई प्रत्यक्ष रोजगारी दिएको बताए। अण्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा रु ५० अर्ब हाराहारी लगानी भएको पोखरेलको भनाइ छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: