Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मन्त्री बस्नेतले उद्घाटन गरेको प्रशासन कार्यालय सहयोगीका भरमा

पाल्पा। पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहाँबाट सरुवा भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएपछि अहिले उक्त कार्यालय प्रमुख विहीन बनेको हो । कार्यालयका निमित्त प्रमुख (सहायक कम्प्युटर अपरेटर) रामलखन बानियाँ पनि घर बिदामा बसेकाले अहिले दुई कार्यालय सहयोगीको भरमा कार्यालय चलेको छ । पूर्वी पाल्पावासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयमा हाल कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । अहिले कार्यालय सहयोगी माधवप्रसाद न्यौपाने र शेरचन रानाले कार्यालय कुरेर बसिरहेका छन् । आफूहरूले दर्ता चलानी, , रजिष्टरमा लेख्नेजस्ता सामान्य काम गरी कार्यालय कुरेर बसिरहेको कार्यालय सहयोगी न्यौपानेले बताए । कार्यालयका निमित्त कार्यालय प्रमुख (सहायक कम्प्युटर अपरेटर) रामलखन यादव गत पुस ३० गतेदेखि बिदामा बसेका । “कार्यालयमा कामकाज लिएर आएका सेवाग्रहीले सेवा नपाउँदा हामीलाई गुनासो गरेर फर्कन्छन्” उनले भने । कार्यालय प्रमुख नभएपछि मङ्गलबार र बुधवार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर आएका कर्मचारीले नागरिकता, द्रुत पासपोर्ट सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणजस्तो सेवा उपलब्ध गराउँदै आएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । जिल्ला प्रशासन कार्यालयट कर्मचारी पठाउन सक्ने अवस्था नभएकाले यसबारे माथिल्लो निकायमा जानकारी गराइएको उल्लेख गर्दै उनले कर्मचारी समायोजनको प्रक्रिया भइरहेका कारणले तत्काल कार्यालय प्रमुख नै आउन सक्ने अवस्था नभएको बताए । यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिकाको–१ सिलुवाका बासिन्दालाई सेवा उपलब्ध गराउँदै आएपनि कार्यालयमा कर्मचारी नै नहुँदा पटकपटक धाइरहन परेको रामपुर नगरपालिका–९ जब्गादी बस्ने यमकुमारी रिङ्जालीले बताए । कार्यालय सहयोगीसहित आठ कर्मचारीको दरबन्दी छ । हाल यस कार्यालयमा दुई कार्यालय सहयोगी र एक सहायक कम्प्युट अपरेटर मात्र छन् । दैनिक पचासको हाराहारीमा सेवा लिन आउने सेवाग्राहीको चहलपहल बनेको इलाका प्रशासन कार्यालय कर्मचारी नहुँदा सुनसान बनेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटर पूर्वका जनतालाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले उक्त कार्यालय उद्घाटन गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies