Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

किन सहकारीमा महिलाको आकर्षण बढ्दो छ ?

पाल्पा। रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो तर, कसैले पत्याएन । उनलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाई सबै टाढिए । गाउँमै रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरमा उनी आबद्ध भइन् । लघुवित्त कार्यक्रममा सहभागी भएपछि उनलाई सहकारीले व्यवसाय गर्न बिना धितो ऋण दियो । सहकारीबाट ऋण पाएपछि न्यौपानेले खुशी हुँदै जग्गा भाडामाा लिएर तरकारी र कुखुरापालन व्यवसाय शुरु गरिन्। “सहकारीबाट ऋण लिएर शुरु गरेको व्यवसाय अहिले राम्रो आम्दानीको स्रोत बनेको छ, हामी गरीब बेसहारा किसानका लागि सहकारी बरदान नै सावित भएको छ,” उनले भनिन्। उनले अहिले करीब सात रोपनी जग्गा भाडामा लिएर तरकारी खेती र कुखुरापालन व्यवसाय गरिरहेका छन् । यस व्यवसायबाट उहाँलाई अहिले वर्षमा चार लाख रुपैयाँ बराबरको आम्दानी हुन्छ । त्यस्तैगरी, अर्का कृषक टकादेवी भट्टराईको अवस्था पनि न्यौपानेको जस्तै थियो । उनी पनि व्यवसाय गर्नकै लागि ऋण झिक्न सहकारीमा पुगे । बिना झण्झट बिना धितो ऋण पाएपछि उनले उत्साहित भएर तरकारी खेतीमा लगानी गरिन् । भट्टराईले अहिले पाँच रोपनी जग्गामा विभिन्न मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर एक याममै रु तीन लाख बराबरको आम्दानी गरिरहनुभएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुँदै गएपछि उहाँले कुखुरापालन व्यवसाय पनि शुरु गरेका छन् । उनले भने – “शुरुमा ऋण पाउन धेरै जनासँग हात जोडें । रातदिन भौँतारिएँ तर, कसैले दिन मानेन । घर नजीकै सहकारी खुलेको थियो । त्यहाँ गएपछि सजिलैसँग ऋण पाइयो ।” सहकारी आफू जस्ते मानिसका लागि जीवन जिउने आधार बनेको उनको भनाइ छ । रामपुर नगरपालिका–७ बहखोला बस्ने उर्मिला रानालाई सहकारीले सहजै बिना धितो ऋण उपलब्ध गराएपछि होटल व्यवसायमा लगानी गरे । आजभन्दा एक दशक अगाडि रु २० हजारको लगानीमा होटल व्यवसाय शुरु गरेका राना अहिले यो व्यवसायको कमाइबाट घरघडेरी जोड्न सफल भएका छन् । रामपुर–५ सुन्दरटोल बस्ने लक्ष्मी रानाले सहकारीबाट झिकेको ऋणले भैंसी र गाईपालनमा लगानी गरेका छन्। उनको फार्ममा हाल छ वटा उन्नत जातका भैसी, दुई वटा उन्नत जातका गाई छन् । उहाँ दैनिक पैंतिस लिटर दूध बिक्री बेचेर मासिक पैंतालिस हजार कमाइ गर्छन । उनले सहकारीबाट रु एक लाख रकम ऋण झिकेर पशुपालन व्यवसायमा लगानी गरेको हो । उनीजस्ता धेरै महिला अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट झिकेको रकम आयमूलक व्यवसायमा लगानी गरी आत्मनिर्भर बनेका छन् । सहकारीमा अहिले नौ हजार ४१३ जना शेयर सदस्य रहेका छन् । विसं २०६४ देखि शुरु भएको लघुवित्त कार्यक्रममा छ हजार ४८८ जना महिला सदस्य आबद्ध छन् । हाल सहकारीले दैनिक ७२ करोड रुपैयाँ बराबरको कारोबार गर्दैआएको छ । संस्थाले बिना धितो रु एक लाख ५० हजारसम्म र त्यो भन्दा माथि परियोजना हेरेर धितोमा रु नौ लाखसम्म व्यवसाय गर्न इच्छुकलाई ऋण प्रवाह गर्दै आइरहेको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले जानकारी दिए। सहकारीले पूर्वी पाल्पाका साविक २१ वटा गाउँ विकास समितिलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । सहकारीबाट ऋण झिक्नेमध्ये करीब ४० प्रतिशतले व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । सहकारीले नाफामुखी नभई बिशुद्ध जनताको हितमा काम गरिरहेको अध्यक्ष तीर्थप्रसाद पंगेनी बताउछन् । “सदस्यहरुको वित्तीय आवश्यकतालाई पूरा गर्ने, गुणस्तरीय सहकारीको पहिचान स्थापित गर्ने, ंसंस्थाले लगानी गरेका व्यवसायलाई व्यावसातिक बनाउँदै लैजाने गरी काम गरिरहेको छ,” पंगेनीले भने । व्यवसाय गर्न चाहने महिलालाई सहुलियत दरमा बिना धितो ऋण सहकारीले उपलब्ध गराएपछि ग्रामीण भेगका महिलाहरु आयमूलक पेशा व्यवसायतर्फ उन्मुख भएका छन् । गाउँका गरीब, एकल, असहाय, दलित, विपन्न वर्गका महिलाहरुका निम्ति सहुलियत दरमा ऋण दिन थालेपछि सहकारीमा महिलाहरुको आकर्षण बढ्दो छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies