माघ ३ गते, २०७५ बिहिवार 17th January, 2019 Thu१२:२८:१९ मा प्रकाशित
बागलुङ। बागलुङ नगरपालिकाको हिउँदे नगरसभाले तीन नयाँ ऐन पारित गरेको छ । सार्वजनिक निजी साझेदारी ऐन–२०७५, फोहरमैला व्यवस्थापन कार्यविधि ऐन–२०७५ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि ऐन–२०७५ लाई नगरसभाले सर्वसम्मत स्वीकृत गरेको हो ।
नगरप्रमुखबाट प्रमाणित भएपछि ऐन लागू हुने विधायन समितिका संयोजक लक्ष्मी बाँस्कोटाले जानकारी दिए । प्रमाणित भएपछि ऐनलाई स्थानीय राजपत्रमा समेत प्रकाशित गरिनेछ । “ऐन भने पनि यो स्थानीय कानून हो”, संयोजक बाँस्काटाले भने, “यसकै आधारमा नगरको कामकारवाही अघि बढ्छ ।”
स्थानीय कानूनमा सङ्घ, प्रदेशबाट बन्ने कानूनसँग बाझिने बुँदा भए ती स्वतः खारेज हुने व्यवस्था छ । स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानून बनाउने अधिकार स्थानीय तहलाई छ । नगर कार्यपालिकाको निर्णयपछि कानून बन्ने प्रक्रिया अघि बढ्छ । कार्यपालिकाले तयार गरेको मस्यौदा कानून विषयगत समिति हुँदै विधायन समितिमा आएर टुङ्गो लाग्छ ।
“विधायन समितिले आवश्यक सुझाव र परिमार्जनसहित कार्यपालिकामा पठाउँछ”, संयोजक बाँस्कोटाले भने, “अन्तिममा पारितका लागि नगरसभामा प्रस्तुत हुन्छ ।” बागलुङ नगरपालिकाले हालसम्म २८ स्थानीय कानून निर्माण गरिसकेको छ । यसअघि कृषि व्यवसाय प्रवद्र्धन ऐन–२०७४, सहकारी ऐन–२०७४, न्यायिक कार्यसम्पादन कार्यविधि ऐन–२०७५ लगायतका ऐन, कानून कार्यान्वनमा आइसकेका छन् ।
केही जरुरी महत्वका कानून निर्माणमा भने ढिलाइ भइहेको पाइएको छ । शिक्षा, नक्सापासलगायतका विषयमा आवश्यक कानून नबन्दा समस्या देखापरेका छन् । शिक्षा ऐन ल्याउन गृहकार्य भइरहेको नगरप्रमुख जनकराज पौडेलले बताए । “शिक्षा ऐनको बारेमा सरोकार भएकाहरुको बीचमा छलफल, परामर्श भइहेको छ”, उनले भने, “विशेष नगरसभा आह्वान गरेर बाँकी कानून ल्याउँछौँ ।”
उनले चौथो नगरसभाबाट स्वीकृत भएका तीन नयाँ कानून छिट्टै लागू हुने बताए । “फोहरमैला व्यवस्थापनमा समस्या देखिएको छ”, उनले भने, “नयाँ बनेको ऐनले त्यसलाई हल गर्छ ।” उन फोहर नउठाउनेलाई कारवाही गर्न हाल कानूनी आधारसमेत नभएको उल्लेख गरे । नगरपालिकाले फोहर व्यवस्थापनको जिम्मा यहाँको एक सहकारीलाई दिएको छ ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमलाई परिणाममुखी बनाउन नयाँ ऐनले दिशानिर्देश गर्ने विश्वास गरिएको छ । औचित्यका आधारमा त्यस्ता कार्यक्रमलाई नियमित गर्ने नत्र पुनरावलोकन गरिने प्रमुख पौडेलको भनाइ छ ।
वर्षे नगरसभालाई नीति, कार्यक्रम तथा बजेट ल्याउने सभाको रूपमा र हिउँदे नगरसभालाई कानून बनाउने सभाको रूपमा लिइन्छ । हिउँदे नगरसभा यही पुस २८ गतेदेखि ३० गतेसम्म चलेको थियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: