Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

धार्मिक कार्यक्रमका लागि नेतालाई सात हेलिकप्टर

बाग्लुङमा भएको एक धार्मिक कार्यक्रममा प्रधानमन्त्री गृहमन्त्री, मन्त्री र प्रतिष्ठित व्यापारीलाई सातवटा हेलिकप्टर चार्टर गरेर लगिएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–आयोजकहरुले भाडाबापत १८ लाख खर्च गरेर भिआइपीहरुलाई बाग्लुङ लगेका हुन् । बाग्लुङ नगरपालिकाको पञ्चकोटधाममा मुक्तिनाथ बाबाको प्रमुख आयोजनामा भएको महायज्ञमा उनीहरुलाई सातवटा हेलिकप्टरमा लगिएको हो । प्रधानमन्त्रीसहित गृहमन्त्री वामदेव गौतम, कृषि मन्त्री हरि पराजुली, एमाले अध्यक्ष केपी ओली, सिंचाई मन्त्री एनपी सावद, व्यावसायी उपेन्द्र महतो र अजेयराज पराजुली (सुमार्गी) चार्टर हेलिकप्टरमा बाग्लुङ पुगेका हुन् । प्रधानमन्त्री र अतिथिहरुले विश्वशान्ति धनधान्याञ्चल धववागिरी विराट महायज्ञ तथा पर्यटन महोत्सवमा शनिबार एक सय आठ फिटको कलश शिलान्याससमेत गरे । चार्टर लागि प्रतिहेलिकप्टर दुई लाख ४० हजारदेखि तीन लाख रुपैयाँसम्म भाडा लागेको सम्बन्धित हेलिकप्टर कम्पनीले जानकारी दिए । आयोजकले श्री एयरलाइन्सको दुई, मनाङ एयर, फिस्टेल एयर, एयर डाइनेस्टी र माउन्टेन हेलिकप्टर र नेपाली सेनाका एक एकवटा हेलिकप्टर चार्टर गरेका हुन् । प्रधानमन्त्री, कांग्रेस नेतृ सुजाता कोइराला र कांग्रेस मुख्य सचिव ऋषिकेश तिवारी सेनाको हेलिकप्टरमा गएका थिए । गृहमन्त्री गौतम र कृषिमन्त्री मनाङ एयरमा, एमाले अध्यक्ष ओली र अरु नेता माउन्टेन हेलिकप्टरमा बाग्लुङ पुगेका हुन् । केही समय अघि बाग्लुङमै सडक दुर्घटनामा परेका सभासद् हरि खड्कालाई उद्दार गरी तत्काल काठमाडौं ल्याउन नसक्दा उनको ज्यान गएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: