Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

राजधानी विवादले प्रदेश ३ को हिउँदे अधिवेशन अनिश्चित

काठमाडाैं । राजधानी र नामकरणको विषय नटुंगिँदा प्रदेश ३ को हिउँदे अधिवेशन अनिश्चित बनेको छ । मंसिरमै सुरु हुनुपर्ने हिउ“दे अधिवेशन माघको पहिलो सातासम्म पनि तोकिएको छैन । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी कहाँ हुने, राजधानीको नाम के हुनेजस्ता विषयमा आन्योल रहेका कारण अधिवेशन प्रभावित भएको बताए । प्रतिनिधिसभामा हिउँदे अधिवेशन सुरु भइसकेको र अब प्रदेश सभाको हिउँदे अधिवेशन पनि सुरु गर्नुपर्नेमा राजधानीकै विषयमा तालमेल नमिल्दा ढिलाइ भएको सभामुख श्रेष्ठले बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - मन्त्रिपरिषद् बैठकको निर्णय र प्रदेश प्रमुखबाट स्वीकृत गराएपछि हिउँदे अधिवेशनका लागि बैठक बोलाउन सक्ने प्रावधान छ । उनका अनुसार मन्त्रिपरिषद्बाट हालसम्म हिउँदे अधिवेशनका लागि कुनै निर्णय भएको छैन भने प्रदेश प्रमुखस“ग पनि यस विषयमा छलफल भएको छैन । सभामुख श्रेष्ठले ११ पुसमा प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए । राजधानी र नामकरणकै लागि मात्र अधिवेशन सुरु गर्ने अवस्था नबनेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । अब हिउँदे अधिवेशन सुरु भएपछि निरन्तर बैठक अघि बढाउने योजनामा प्रदेश सरकार छ । मुख्यमन्त्रीको कार्यालयले हिउँदे अधिवेशन सुरु भएपछि प्रदेश सभालाई धेरै बिजनेस दिने गरी सरकार लागिपरेको जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार हालसम्म ६१ वटा बैठक भइसकेका छन् । प्रदेश सभामा दर्ता भएका २८ वटा विधेयकमध्ये २४ को प्रमाणीकरण, २५ पारित भएका छन् भने ३ वटामा सामान्य छलफल भइरहेको छ । प्रदेश राष्ट्रिय वन, प्रदेशभित्रका औद्योगिक व्यवस्थापन गर्न बनेको र प्रदेश सहकारी व्यवस्था गर्न बनेको विधेयकबारे सामान्यपछि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने प्रदेश सभा सचिवालयकी अधिकृत सुनिता गजुरेलले जानकारी दिइन् । माघभित्रै राजधानी नतोके सरकारको औचित्य छैन : बानियाँ प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानिया“ले माघभित्रै राजधानी नतोके सरकारको औचित्य सकिने बताए । उनले प्रदेश सभा गठन भएको एक वर्ष बितिसक्दा पनि राजधानी र नाम तोक्ने सवालमा सरकार मूकदर्शक बनेको आरोप लगाए । ‘प्रदेश सांसद पनि रुष्ट हुन थालेका छन्,’ उनले भने, ‘अब माघभित्र राजधानी तोकिएन भने सरकार र प्रदेश सभाको औचित्य छैन ।’ बानियाँका अनुसार हेटौँडा अस्थायी राजधानी हो भन्ने मानसिकताका कारण अधिकांश प्रदेश सांसदले हालसम्म घर भाडामा समेत नलिएको र सबै सांसद अस्थायी मानसिकतामै काम गरिरहेका छन् । राजधानी, नाम टुंग्याउने जिम्मा सबैको भएका कारण एकजुट भएर माघभित्रै तोक्नुपर्ने उनले बताए । हिउँदे अधिवेशनमा राजधानी टुंगिन्छ : मुख्यमन्त्री हिउँदे अधिवेशनमा राजधानी र नामको विषय टुंग्याउने कसरत भइरहेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । ‘राजधानी र नामकै लागि अधिवेशन सुरु गर्नेभन्दा पनि प्रदेश सभालाई सरकारले बिजनेस दिने गरी बैठक बोलाउने हो,’ मुख्मन्त्री पौडेलले भने, ‘राजधानी तोक्न दलहरूबीच छलफल भइरहेको छ ।’ मुख्यमन्त्री पौडेलले सरकारले अब कुनै बहानाबाजी नगरी राजधानी र नामको विषय अघि सार्ने सोच बनाइसकेको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending