Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

हुुन्डीको जालो

काठमाडौं । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ। १० जनाभन्दा बढी पक्राउ परिसकेका छन्। अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुण्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानरीय अपराध महाशाखा सक्रिय छ। प्रदेश र जिल्ला प्रहरी पनि कारोबार रोक्न लागिपरेका छन्। सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी प्रहरीले आइतबार मोरङबाट ६९ लाख ५७ हजार छ सय रुपैयाँसहित तीनजना हुन्डी कारोबारी पक्रियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित आस्था नेपाल बुहुउद्देश्यीय सहकारी संस्थाबाटै हुण्डी कारोबार हुने गरेको थियो। सहकारीका अध्यक्ष विराटनगर–७ कै राजेश हेडा, विराटनगर–११ का सुमित साह र विराटनगर–१२ का दीपककुमार कर्णलाई समातिएको एसपी केसीले बताए। ‘हामीले यो प्रकरणमा लामो समयदेखि अनुसन्धान र फलोअप गरेका थियौँ’, उनी भन्छन्, ‘सहकारीका अध्यक्ष हेडाको कार्यकक्षबाट नगद ५९ लाख ७ हजार ६ सय रुपैयाँ बरामद भएको छ। संस्थाको आडमा हेडाले हुण्डी कारोबार गर्दै आएको खुलेको छ।’ प्रहरीले सहकारीबाटै सुमित साहको साथबाट ९ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ। उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थपेर इटहरीस्थित राजस्व अनुसन्धान विभाग पठाइने केसीले जानकारी दिए। आइतबार नै काठमाडौँबाट अपराध महाशाखाको टोलीले ३५ लाख रुपैयाँ हुन्डी रकमसहित दुईजनालाई पक्राउ गरेको छ। न्युरोडबाट सुनिल श्रेष्ठ र भरत बस्नेत पक्राउ परेका हुन्। सोलुखुम्बु घर भई सानेपा बस्ने बस्नेतलाई बा७च २५६९ नम्बरको कारमा सवार भएको अवस्थामा रकमसहित समातिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए। बस्नेतले उक्त रकम विशाल बजारस्थित कन्टिनेन्टल मनी एक्सचेन्जका सञ्चालक श्रेष्ठको रहेको बयान दिए। त्यसपछि श्रेष्ठ पनि पक्राउ परे। सीमावर्ती सहरमा हुन्डीको जालो पुस २२ गते जनकपुरबाट हुण्डीमा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले समात्यो। पक्राउ परेका चार भारतीय र एक नेपालीबाट ८३ लाख ६२ हजार रुपैयाँ बरामद भएको धनुषा प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमा जनकपुर उपमहानगरपालिका–१९ बेंगा शिवपुरका विजय यादव, भारतको मधुवनी बासोपट्टीका सन्तोष महतो, पप्पुकुमार दास, सुरज ठाकुर र नरेश महतो छन्। काठमाडौंसहित सीमावर्ती सहर विराटनगर र वीरगञ्जमा हुन्डी कारोबारी सक्रिय देखिएका छन्। प्रहरीका अनुसार उनीहरूले जनकपुर ११ देवीचोकस्थित एक घरबाट लामो समयदेखि अवैध हुन्डी कारोबार गरिरहेका थिए। यो प्रकरणमा मुछिएका बासोपट्टीनिवासी रामेश्वर साह फरार छन्। पर्सा प्रहरीले २०७४ फागुन पहिलो साता वीरगन्ज महानगरपालिकाको दक्षिणकाली अटो पार्ट्सबाट ५६ लाख रुपैयाँ हुण्डी रकम बरामद गर्‍यो। अनुसन्धानबाट पसलमा हुन्डी कारोबार हुने गरेको पुष्टि भयो। यो अपरेसन सफल बनाउन प्रहरी आफैँ हुण्डीबाट २ लाख रुपैयाँ पठाउन पुगेका थिए। कारोबारीले हुन्डी गरेबापत १ लाख रुपैयाँको ५ हजार रुपैयाँ कमिसन लिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो। २०७४ पुसमा पनि विराटनगरबाट ३६ लाख रुपैयाँसहित चार जना पक्राउ परेका थिए। विराटनगर–७ का सुदर्शन साह, विराटनगर–११ का निरन्जनकुमार साह, सोराभाग–८ का सन्तोषकुमार रौनियार र विराटनगर–१७ का साकिब आलम समातिएका थिए। प्रहरीका अनुसार विराटनगर–११ स्थित कन्हैया गुप्ताको घरमा भाडामा लिएको कोठामा कार्यालय नै खडा गरेर उनीहरू हुन्डी चलाउँथे। प्रहरीले हुन्डी कारोबारीमाथि बैंक तथा वित्तीय अपराध र संगठित अपराधमा मुद्दा चलाउने गरेको छ। बरामद रकम राजस्व अनुसन्धान विभागमा पठाइन्छ। हुन्डी कारोबारमा संलग्नमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७२ अनुसार कारबाही हुने व्यवस्था छ। आरोप प्रमाणित भएमा बरामद रकमको तीन गुणासम्म बिगो र पाँच वर्ष जेल सजाय हुन सक्छ। किन हुन्छ हुन्डी कारोबार ? नेपालमा अहिलेसम्म औपचारिक र अनौपचारिक गरी दुई तरिकाले रकम भित्रिन्छ। अनौपचारिक या अवैधरूपमा भित्रिने रकम हुन्डी हो। अन्तरदेश कारोबारको अवैध विधि हो यो। दुवै देशमा सम्पर्क व्यक्ति तोकेर यो कारोबार गरिन्छ। दक्षिण कोरियाबाट नेपाल पैसा पठाउन हुन्डीको त्यहाँको एजेन्टले नेपालको एजेन्टलाई खबर पठाउँछ। कोरियाको एजेन्टलाई पैसा दिएपछि नेपालको एजेन्टले सम्बन्धित व्यक्तिलाई पैसा दिन्छ। यसवापत एजेन्टहरूले निश्चित प्रतिशत कमिसन लिन्छन्। नेपाल राष्ट्र बैंकले विदेशबाट पैसा पठाउन बैंकिङ च्यानलबाट रेमिट्यान्सको व्यवस्था गरेको छ। बैंकिङ च्यानल छलेर दलालमार्फत पैसा पठाउनु हुन्डी कारोबार हो। कम शुल्कको लोभमा मानिसहरू रेमिट्यान्स भन्दा हुन्डी रोज्छन्। हुन्डीबाट पठाउँदा पैसाको स्रोत खुलाउनुपर्दैन। हुन्डी नियन्त्रण गर्न नसके यसले अर्थतन्त्रमा त असर पार्छ नै अपराध पनि बढाउने एसपी सिंह बताउँछन्। ‘नेपालबाट विभिन्न समयमा विदेश लैजान लागिएको लागुऔषध बरामद हुन्छन्। विदेश पुर्‍याइएका लागुऔषधको पैसा नेपालमा अवैध बाटोबाटै आउँछ’, सिंह भन्छन्, ‘त्यहीकारण हुन्डीलाई नियन्त्रण गर्ने अभियानमा हामी लागेका छौँ। हुन्डीको अवैध कारोबारले सुन तस्करी, लागुऔषध, हतियार र अन्य अपराधि गतिविधि हुने गरेको पाइन्छ।’ हुन्डीको रकम आतंकवाद, जाली नोट र मानव तस्करी जस्ता गम्भीर अपराधमा प्रयोग हुनसक्ने भन्दै प्रहरीका निकाय क्रियाशील भएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending