Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

खाद्य सङ्कट हटाउन बिउ बैंक स्थापना

डोटी। खाद्य सङ्कट न्यूनीकरण गर्न दीर्घकालीन लक्ष्यका साथ एक गैरसरकारी संस्थाको सहयोगमा डोटीमा बिउ बैंक स्थापना गरिएको छ । हरेक वर्ष बढ्दै गएको खाद्य सङ्कटले समस्या उत्पन्न भइरहेका बेला उन्नत बिउबिजनको प्रवद्र्धन गरी उत्पादनमा वृद्घि गर्दै खाद्य सङ्कटको अवस्था आउन नदिन दीर्घकालीन लक्ष्यका साथ जैविक विविधता संरक्षण मञ्च लिबर्ड नामक एक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा डोटीको जोरायल गाउँपालिका–१ गैरामा बिउ बैंक स्थापना गरिएको हो । जैविक विविधता संरक्षण तथा विकास समितिले सञ्चालन गरेको बिउ बैंक डोटीमा मात्र नभई सुदूरपश्चिम प्रदेशमै पहिलो भएको र खाद्य सङ्कट न्युनीकरणसँगै कृषकको गरीबी न्यूनीकरण गर्ने बैंकको लक्ष्य रहेको समितिका सदस्य पदम थापाले बताए । उनले भने, “खाद्य सङ्कट न्यूनीकरणको नौलो अवधारणका रूपमा लिइएको बिउ बैंंक स्थापना कार्यको थालनी गैराबाट गरेका छौँ”, सम्भवत खाद्य सङ्कट हट्ने छ । स्थानीय कृषकको पहलमा गैरामा स्थापना गरिएको बिउ बैंकले उन्नत जातका तथा स्थानीयस्तरका बिउलाई प्रोत्साहन गर्दै खाद्य सङ्कट न्यूनीकरण गर्ने लक्ष्य लिएको र बिउ बैंकबाट जिल्लाभित्र तथा जिल्ला बाहिर उन्नत बिउ निर्यात गरिने लिर्बडका परियोजना अधिकृत विजयराज देवकोटाले बताए । बैंक सञ्चालनको सम्पूर्ण स्वामित्व स्थानीय सञ्चालन समितिलाई नै भएको र बैंकबाट समूहका कृषकलाई आधा मूल्यमा उन्नत बिउ उपलब्ध गराइने पनि परियोजना अधिकृत देवकोटाले बताए । बिउ उत्पादनपछि बैंकले नै कृषकबाट खरिद गरी जम्मा गर्ने छ । जम्मा गरिएको उन्नत जातको बिउ गाउँपालिकाभरि तथा जिल्लाभित्र वितरण गरिने लक्ष्य लिइएको छ । बिउ बैंक स्थापना गर्नु अगाडि त्यस क्षेत्रको अन्न सम्भाव्यता लगायत विभिन्न प्राविधिक पक्षको अध्ययन गरिएको लिबर्डले जानएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: