Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

युवाको हिउँदे छुट्टी योजना

झापा । बिर्तामोड– ५ कि सुनिता खरेलले हिउँदे छुट्टीमा झापाकै रमणीय क्षेत्र घुम्ने विचार गरेकी छन्। प्लस टु अध्ययनरत सुनिता भन्छिन्– ‘अन्य जिल्लाका मेरा फेसबुकका साथी झापामा कति रमाइलो ठाउँ रैछ, हामी घुमेर आयौं भन्दै फोटो सेयर गर्छन्, हामी यही बसेकाले सबै ठाउँ घुमेकै छैनौं। त्यसैले, साथीहरूको रोजाइ यो वर्ष आफ्नै जिल्लाको पर्यटकीय क्षेत्र पर्‍यो।’ अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - झापा तराईको समथर भूभागसँगै चुरे क्षेत्रसँग गाँसिएको जिल्ला भएकाले यहाँ सबैखाले पर्यटकीय क्षेत्र छन्। भौगोलिक बनावटले फरक झापामा धार्मिक, पौराणिक एवम् ऐतिहासिक पर्यटकीयस्थलको अनुपम संगम छ। किच्चकवध, टाँसी छ्योलिङ गुम्बा, कनकाई माई, अर्जुनधारा–जलेश्वरधाम, कृष्णथुम्की, केचनाकवल, पातालगंगा, बर्ने चिया बगान, विराट पोखरी, सताक्षीधाम, साधुटार, जामुनखाडी, दोमुखा, कोटीहोम, सुखानी, समयगढ, चिल्लागढ, सुनमाई, कञ्चनगढ दर्जनौं स्थान झापाको पर्यटकीय प्रवद्र्धनका लागि उपयुक्त क्षेत्रमा पर्छन्। पछिल्लो समय अर्जुनधारा नगरपालिकामा रहेको सुखानी पार्क (झिल) र कनकाई नगरपालिकामा रहेको ह्यापिल्यान्ड फनपार्क पनि युवाहरूका लागि आकर्षकको केन्द्र बनेको छ। यी क्षेत्रमा पूर्वाधारको विकास सेवासुविधाको विस्तार बढाए सँगै युवायुवतीको आकर्षण थपिएको उनीहरू बताउँछन्। ‘घुम्दा धेरै कुरा सिकिन्छ।’ अर्जुनधारा नगरपालिका–६ का स्थानीय युवा रमेश सिवा बताउँछन्। झापाले नेपालको सबैभन्दा होचो स्थानदेखि पहाडलाई छोएको हुनाले पनि पर्यटनको राम्रो सम्भावना भएको जिल्लाका रूपमा रहेको छ। पर्यटन वर्षमा व्यवस्थित र प्रचारप्रसारका कारण यहाँ पर्यटकको आवागमन उत्तिकै छ। उता मेची र देवनिया नदीको बीचमा रहेको किच्चकवधको उत्खननपछि चर्चा अझै बढेको छ। यहाँ युवाहरू पुरातात्त्विक अवलोकनका लागि पुग्छन्। सदरमुकाम चन्द्रगढीदेखि एक किमि पूर्व–दक्षिणमा रहेको किच्चकवध पाँच वर्षअघि उत्खनन गरिएको थियो। किच्चकवध क्षेत्र पुरातात्त्िवक उत्खनन् गर्दा आठ कोठा भएको भवनको भग्नावशेष फेला परेको थियो। त्यसको अध्ययनका लागि र होचो स्थान नजिकै भएकाले युवाहरू दैनिक मोटरसाइकल हुँइक्याएर यहाँ पुग्छन्। बिर्तामोडबाट पाँच किलोमिटर उत्तरमा रहेको पशुपतिनाथको नामले परिचित अर्जुनधारा–जलेश्वरधामको महत्त्व अझ व्यापक छ। महाभारत कथासँग इतिहास जोडिएको यस धाममा अर्जुनले वाण हानेपछि निस्किएको पानीबाट पोखरी बनेको विश्वास गरिन्छ। कचनाकवल गाउँपालिकामा रहेको केचनाकवल नेपालको सबैभन्दा होचो भूभाग मानिन्छ। यो समुद्री सतहदेखि ५८ मिटर उचाइमा छ। यस्तै दोमुखा, सतासीधाम र सुरुंगाको बीचमा पर्ने विशिष्ट पर्यटकीय स्थल हो। कनकाई माई नदीको सदाबहार उपस्थिति पनि दोमुखाको विकासमा अर्को महत्त्वपूर्ण आधार बनेको छ। त्यस्तै काँकडभिट्टाको टाँसी छोयलिङ गुम्बा झापालाई चिनाउने अर्को महत्त्वपूर्ण धार्मिकस्थल हो। गुम्बामा धार्मिक अनुष्ठान र भिक्षु तथा लामाहरूले नियमित प्रवचन दिने गरेका छन्। मेचीनगरस्थित पातालगंगा झापाको अर्को धार्मिक तथा ऐतिहासिक स्थल हो। १९९० सालमा भूकम्प जाँदा यहाँ दूधजस्तो सेतो फोहरा निस्किएपछि गंगाजल प्रकट भएको विश्वास गरी स्थानीयले पूजाआजा गर्न थालेका हुन्। बाहुनडाँगीस्थित कृष्णथुम्कीको छुट्टै विशेषता छ। यसैगरी, जामुनखाडी सिमसार क्षेत्र आन्तरिक पर्यटकले निकै रुचाइएको ठाउँ हो। कनकाई नगरपालिकामा रहेको जामुनखाडी लोकमार्गबाट तीन किलोमिटर उत्तरमा पर्छ। चार बिघा क्षेत्रफलको मध्यभागमा रहेको जमुना पोखरीमा नौका र डुंगा सञ्चालन गरिएकाले आकर्षक केन्द्रको रूपमा विस्तार हुँदैछ। शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधाम धार्मिक पर्यटकहरूको अर्को गन्तव्य हो भने उत्तरी खुदुनाबारीस्थित साधुटार, कनकाई माई नदी, डाँगीबारीस्थित कञ्चनगढ, शान्तिनगरस्थित बर्ने चिया बगानलगायतका पर्यटकीयस्थल पछिल्लो समय पर्यटकले रुचाएका ठाउँ हुन्। त्यसैगरी, तोपगाछीस्थित समयगढ, सहिद स्मारक सुखानी पार्क, झापा र इलामको सिमानामा पर्ने सुनमाई झापाको चिनारी हुन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending