Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

माघे सङ्क्रान्ति (माघी) को रौनक

खस्यौली । थारु समुदायको बाहुल्यता रहेको रुपन्देहीमा माघे सङ्क्रान्ति (माघी) को रौनक देखिएको छ । थारु वेषभूषामा रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा थारु महोत्सवको आयोजना गरी थारु, संस्कृतिको जर्गेना गरिने भएको छ । महोत्सवमा थारु खानाको रुपमा रहेको माछा, बङ्गुरको मासु, घोङी, ढिकुरीलगायत थारु समुदायका परिकार विभिन्न कक्षमा राखिएको थारु अगुवा खुशीराम चौधरीले बताए । ‘‘माघी थारु समुदायको नयाँ वर्ष भएकाले हर्षोल्लासका साथ परम्परागत रुपमा मनाइन्छ’’ चौधरीले भने । उनका अनुसार उक्त दिन नयाँ आर्थिक वर्षको जस्तै पुराना हिसाब मिलाउने, हरुवाचरुवाको नयाँ वा पुरानो हिसाब मिलाउने र केही दिन खानपिन गरेर नयाँ कामको शुरुवात गर्ने चलन छ । उक्त दिन घरघरमा थारु समुदायका चेलीबेटी बोलाएर उनीहरुलाई खानपिन गराएर दक्षिणासमेत दिने चलन रहेको जानकारी दिँदै अगुवा चौधरीले यो पर्व परम्परागत पर्वको रुपमा मानिएको जिकिर गरे । उनले भने, “यो पर्वमा बङ्गुरको मासु, माछा, रक्सी र खिचडी खाने हो ।” तीन दिनसम्म चल्ने सो महोत्सवमा थारु संस्कृतिसँग सम्बन्धित झुमरा नाच, लठ्ठी नाच प्रदर्शन हुनुका साथै थारु परिकार खान पाइन्छ । महोत्सवका लागि सैनामैना नगरपालिकाले रु दुई लाख बजेट छुट्ट्याइएको छ । सैनामैना नगरपालिका–५ का चन्द्रमान चौधरीले विगतमा भन्दा माघिलाई प्राथमिकताका साथ मनाउन थालिएको जानकारी दिँदै यसबाट थारु संस्कृतिको स्मरण हुने र अन्य समुदायलाई समेत संस्कृतिबारे जानकारी लिन सहयोग मिल्ने बताए। माघको औंसीमा पनि सैनामैनाको भडछीमा थारु समुदायको माघी मेला लाग्छ । सो मेलामा स्नान गरी व्रत बस्नाले रोगब्याधि नलाग्ने र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies