Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

छुटेका लाभग्राहीमा समेटिने

बागलुङ। अनुदान पाउन छुटेका भूकम्प प्रभावित लाभग्राहीको सूचीमा पर्ने भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छुटेकालाई समेट्न पुनःसर्वेक्षणको तयारी थालेको छ । “लाभग्राही छुटेका भए हामी समेट्छौँ, प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले भने, कोही पनि अनुदानबाट वञ्चित हुन नपरोस् ।” उनका अनुसार प्राधिकरणले अन्तिम पटकलाई पुनः जाँच, सर्वेक्षणको मौका दिन लागेको हो । स्थानीय तहको सिफारिश र इञ्जिनीयरको अध्ययनबाट पाउनै पर्ने ठहर भएमा अनुदान दिइने सदस्य श्रेष्ठको भनाइ थियो । उनले ३२ वटै भूकम्प प्रभावित जिल्लाबाट आएका छुटका गुनासो सम्बोधन गरिने बताए । “स्थनीय क्षेत्रबाट इञ्जिनीयर काठमाडौँ फर्कदै छन्” सदस्य श्रेष्ठले भने, “हालसम्मको पुनःनिर्माणको समीक्षा गर्छांै, छुटेकालाई समेट्न पुनःसर्वेक्षण हुन्छ ।” बुधबार बागलुङमा भएको पुनःनिर्माणसम्बन्धी अभिमुखीकरणमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले सबै भूकम्प प्रभावितलाई सुरक्षित बासको सुनिश्चितता गरिने उल्लेख गरे । सदस्य श्रेष्ठले गैर लाभग्राहीले अनुदान लिएको भए त्यसलाई निरुत्साहित गरिने बताए । करीब दश प्रतिशत गैर लाभग्राहीले अनुदान लिएको प्राधिकरणको अनुमान छ । त्यसलाई रोक्न स्थानीय जनप्रतिनिधि र सञ्चार जगत्को सहयोगको अपेक्षा गरिएको छ । सबै प्रभावित जिल्लामा गरी लाभग्राहीको सूचीमा पर्न नसकेको भनेर गुनासो गर्नेको सङ्ख्या हजारौँ छ । गुनासो सुनवाइका लागि प्रभावित घरको पुनःसर्वेक्षण गर्न यसअघि नै प्राधिकरणबाट १४ अति प्रभावित जिल्लामा इञ्जिनीयर खटिएका छन् । प्रभावितमा परेका १८ जिल्लामा पनि छिट्टै पुनःसर्वेक्षण गरिनेछ । प्राधिकरणको जिल्ला कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइका प्रमुख इञ्जिनीयर रामाशिष साहका अनुसार बागलुङमा ७०६ घरपरिवारले लाभग्राहीमा पर्न नसकेको भनेर गुनासो दर्ता गराएका छन् । “माथिबाट निर्णय आउँनासाथ पुनःसर्वेक्षणको काम हुन्छ” उनले भने, “वास्तविक प्रभावितले अनुदान पाउछन् ।” भूकम्प प्रतिरोधी मापदण्डमा नपरेका घरले भने अनुदान नपाउने उहाँले स्पष्ट पारे । “पहिले बनेका घर मापदण्डमा छैनन् भने अनुदान स्वीकृत हुँदैन” इञ्जिनीयर साहले भने, “त्यस्ता घरलाई मापदण्डमा ल्याउन प्राविधिक सहयोग गर्छौं ।” जिल्लामा निजी आवासतर्फ कूल दुई हजार ३७५ लाभग्राहीको सूचीमा छन् । जसमध्ये दुई हजार १५६ को हालसम्म सम्झौता भइसकेको छ । रु तीन लाख अनुदानमा पहिलो किस्ता भुक्तानी दुई हजार ७०, दोस्रो किस्ता ७१७ र तेस्रो किस्ता ४०७ जनाले मात्र पाएका छन् । पूर्वाधारतर्फ बुङ्गादोभान–खुङ्गा–बोङ्गादोभान–खुङ्खानी सडक स्तरोन्नतिको काम भइरहेको छ । त्यस्तै भूकम्पबाट क्षतिग्रस्त ४० विद्यालय पुनःनिर्माणको चरणमा छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending