Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

भारतले ढिलो पानी छाड्दा गहुँखेती प्रभावित

वीरगञ्ज। भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ । भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ ९पुस १०० भित्र पानी छोडी सक्नुपर्नेमा भारतीय पक्षको नहरको मूलढलानमा ढिलो गरी पानी दिएकाले दुई हप्ता ढिलो पानी आएको स्वीकार्दै नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख राजेन्द्रप्रसाद साहले राससलाई भने, “गहुँको बीउ छर्ने समयमा पानी नछाड्दा केही मात्रामा गहुँखेती भने प्रभावित भएको छ ।” भारतीय पक्षले ८५० क्युसेकमध्ये यसवर्ष नहरमा ५४० क्युसेक मात्र पानी छाडेकाले उक्त पानी पर्सा र बारामा हुने गहुँखेतीका लागि मात्र पुग्ने तथा आवश्यक भएको खण्डमा मात्र रौतहट जिल्लामा छोडिने डिभिजन प्रमुख साहको भनाइ छ । “मध्य तराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहट जिल्लाका किसान गण्डक नहरमा समयमा पानी नछाड्दा गहुँखेती राम्रोसँग गर्न सकिएको छैन”, किसान शेषमन पण्डितले भने, “आकाशे पानीको भरमा थोरै बीउ लगाए पनि पानीको अभावमा पूर्णरूपमा गहुँखेती गर्न सकिएको छैन ।” भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा कतिपय ठाउँमा साना सिँचाइमार्फत किसानले गहुँखेती गरेको सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएका छन् । भारतीय पक्षले नेपाल तर्फको ८१ किलोमिटर लामो गण्डक नहरमा वर्षको दुईचोटि पानी छोड्ने गर्दछ । गण्डक नहरको चार दशकको लामो इतिहास छ । समयमा नहरमा पानी नछोड्दा पर्सा, बारा तथा रौतहट जिल्लाका ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले लगाएको गहुँखेती यसवर्ष ढिलो हुने किसानको ठम्याइ छ । भारतीय भूमि हुँदै गण्डक नहरको पानी पश्चिमी पर्साको जानकी टोलाबाट शुरु भई पर्सा, बारा हुँदै रौतहटको बाग्मती नदीमा मिसिने गर्छ । नेपाल भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नहरमा ८५० क्यूसेक पानी छोडनुपर्नेहुन्छ । उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै समयमा पानी नआउँदा किसानले समयमा खेती गर्न नसक्ने भएका हुन् । सरकारले आर्थिक समृद्धिका लागि कृषिलाई प्राथमिकतामा राखेको भए पनि समयमा गण्डक नहरमा भारतीय पक्षले पानी नछोड्दा किसानलाई मानो रोपेर मुरी फलाउन समस्या भएको किसानको गुनासो छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending