Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कोमामै हुँदा आमा बनेको मामिलामा पहिलो राजीनामा

अमेरिका । अमेरिकाको एरिजोना राज्यमा जुन नर्सिङ होममा कोमामा भएकी महिलाले बच्चालाई जन्म दिइन्, उक्त क्लिनिकका प्रमुखले आफ्नो पदबाट राजीनामा दिएका छन् । कम्पनीले आफ्नो बयानमा निर्देशकहरुले बिल थोमसनको राजीनामा स्विकार गरेको जानकारी दिएको छ । पीडित महिला फिनिक्स इलाका निजिकैको हेसिन्डा हेल्थकेयरको एक क्लिनिकमा करिब एक दशकदेखि भर्ना थिइन् र उनलाई २४ औं घण्टा हेरिबिचारको आवश्यकता थियो । पुलिसले यो मामलामा यौन उत्पीडनको अनुसन्धान सुरु गरेको छ । महिलाको पहिचान जारी गरिएको छैन् । उनले डिसेम्बर २९ मा बच्चालाई जन्म दिएको अनुमान गरिएको छ । सिबिएस फिनिक्ससँग जोडिएका केपीएचओ–टिभीले एक अज्ञात सूत्रको हवाला दिँदै भनेको छ, ‘ती महिला कराइरहेकी थिइन् र अस्पतालमा भएका नर्सहरुले उनी किन कराइरहेकी थिइन् भनेर एकिन गर्न सकेनन् ।’ ‘महिलाले बच्चालाई जन्म नदिएसम्म कुनै पनि स्टाफलाई उनी गर्भवती भएको बारे कुनै जानकारी नै थिएन ।’ बिरामीको सुरक्षाका लागि प्रोटोकलमा परिवर्तनः कम्पनीमा बोर्ड कार्यकारी उपाध्यक्ष गैरी ओर्मनले उक्त घटनालाई एक भयावह घटना भएको बताउँदै यो कुनै पनि हालतमा स्विकार्य नभएको बताए । उनले भने, ‘हामी आफ्नो शक्तिका अनुसार हरेक बिरामी र कर्मचारीको सुरक्षा सुनिश्चित गर्नेछौं ।’ न्यूयोर्क टाइन्सको नयाँ रिपोर्टपछि यो क्लिनिकमा दुर्व्यवहारको नयाँ आरोप लागेको छ जसका भनिएको छ – बिना कपडा वा नुहाउने बेला बिरामीको गोपनियता ध्यानमा राखिन्छ । फिनिक्स पुलिसका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेकाले यसबारे अहिले नै केही भन्न नमिल्ने बताएका छन् । सूत्रका अनुसार क्लिनिकको प्रोटोकल परिवर्तन गरिएको छ । अबदेखि महिला बिरामीको कोठामा महिलाबिना कुनै पनि पुरुष प्रवेश गर्न पाउनेछैनन् । बीबीसी

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: