जब पहेँलपुर तोरीले राष्ट्रपति भण्डारीको ध्यान खिच्यो...
पौष २४ गते, २०७५ मगलवार 8th January, 2019 Tue१३:१७:२६ मा प्रकाशित
झापा । ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्ने वित्तिकै मीना ढकालले भनिन्, “पाँच बिगाहामा । यो सबै बीऊको लागि हो ।”
यो प्रसङ्ग थियो पुस १८ गतेको । राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गरेको नमूना कृषि परियोजनाको अवलोकनका लागि गौरादह–६ मा आएकि थिइन् । हेलिकप्टरबाट कार्यक्रमस्थलमा आउनुअघि नै उनले आकाशबाटै सो सहकारीले १०० बिगाहामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गरेकि थिइन् ।
हेलिकप्टरबाट उत्रिएर कार्यक्रमस्थल आइपुग्न करीब सय मिटरको दुरी थियो । सो अवधिमा उनले सहकारीले लगाएको तोरी खेतीबारे जिज्ञासा राखेकि थिइन् । यतिबेला सहकारीले पाँच बिघा जमीनमा लगाएको तोरीले राष्ट्रपति जस्तै सबैको ध्यान खिचेको छ । अहिले यहाँ तोरीको फूल फूलेर पहेंलपुर भएको छ ।
कृषि परियोजनाको अवलोकन भ्रमणका लागि देशभरबाट विभिन्न सङ्घ संस्था र सहकारी दैनिकजसो यहाँ आउने गरेका छन् । यहाँ आउने जो कोहीले तोरीबारीमा सेल्फी र सामूहिक फोटो खिचाउने गरेको सहकारी संस्थाकी अध्यक्ष ढकालले बताए । ‘‘हामीले विभिन्न खालका कृषिजन्य वस्तुको खेती गरेका छौं’’, उनले भनिन्, “तर बारीमा पहेंलपुर फुलेको तारीले सबैको ध्यान खिचेको छ ।”
सहकारीले सिजन अनुसारको खेती गर्छ, तर सहकारीले उत्पादन गरेको धान, मकै, गुहँ, तोरीलगायतका कृषिजन्य वस्तु बीऊको रुपमा विभिन्न जिल्लामा जाने गरेको अध्यक्ष ढकालको भनाइ छ । ‘‘गतवर्ष तीन बिगाहामा लगाएको तोरीको बीऊको माग बढेकाले यसपालि बढाएर पाँच बिगाहामा लगाएका छौ’’, अध्यक्ष ढकालले भनिन्, “हामीसँग उत्पादित वस्तुको ‘ग्रेडिङ’ उद्योेग पनि छ । बिऊको ग्रेडिङ गरेर बजार पठाउँछौं । यहाँ उत्पादित तोरीको बीऊ, इलाम, मोरङ, सुनसरी, सिरहा सप्तारीसम्म माग हुने गरेको छ ।”
विसं २०५५ मा साना किसान विकास आयोजनाको नाममा प्रारम्भ गरेको यस संस्था विसं २०५९ मा मात्र सहकारीमा दर्ता भएर महारानीझोडा साना किसान सहकारी भएको थियो । ३० जनाको समूह मिलेर दर्ता गरेको सहकारीमा हाल एक हजार ९४३ जना महिला शेयर सदस्य रहेका छन् ।
संस्थाको चुक्ता शेयर पूँजी रु दुई करोड ७१ लाख ९६ हजार, कूल आन्तरिक पूँजी रु १६ करोड ५७ लाख ८३ हजार र कर्जा लगानी २८ करोड ९५ लाख १० हजार रहेको छ । संस्थाले ग्रामीण बचत तथा कृषि ऋण कार्यक्रम, सुपथ मूल्यको सहकारी पसल सञ्चालन, सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द, सहकारीखेती, दुग्ध सङ्कलन केन्द्र, नमूना सहकारी गाई स्रोतकेन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, विप्रेषण ९रेमिट्यान्स० सेवा, साना किसान नवीकरणीय ऊर्जा कार्यक्रम र पशुधन सुरक्षण कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष ढकालले बताइन् ।
महिला मात्र मिलेर स्थापना गरेको यस सहकारी आज देशकै नमूना हुनपुगेको गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवालले बताए । ‘‘राष्ट्रपति समेत महत्व दिएर अवलोकन गरेको सहकारी सायद पहिलो होला’’, उनले भनिन्, “अवसर पायो भने महिलाले नमूना बनेर देखाउन सक्छन् भन्ने देशकै उदाहरणीय भएको छ यो सहकारी ।”
साना किसान बैंकका मुख्य प्रबन्धक कृष्णप्रसाद लामिछानेले नेपालमा ९२० वटा साना किसान सहकारीमध्ये महिलाले सञ्चालन गरेको यो सहकारी नेपालकै उत्कृष्ट भएको बताइन्। उनले विसं २०७० बाट शुरु गरेको यो नमूना कृषि परियोजना अन्तर्गत सहकारीले कृषिमा फड्को मारेको बताइन् ।
‘‘कृषिमा देशकै नमूना मोडल देखाउन सफल भएको छ’’, उनले भने, “राज्यले कृषिमा लगानी बढाउनुपर्छ, समृद्ध नेपाल खुशी नेपालीको सपना बोकेको राज्यले कृषिमा लगानी बढायो भने महारानीझोडा जस्तै सहकारीले देशको अर्थतन्त्रमा कायपलट ल्याउने निश्चित छ ।”
सहकारीले खेतीमार्पmत जमीनको चाक्लाबन्दी, यान्त्रीकरण, माटो परीक्षण र सुधारका क्रममा कृषि चुनको तथा जैविक मलको प्रयोग र हरियो मल बालीको खेती, कृषकबीच सामूहिक भावनाको विकाससँगै क्षमता अभिवृद्धि, उत्पादनमा वृद्धि तथा जग्गाधनी कृषकको प्रतिफल सुनिश्चित आदि गरिरहेको छ ।
संस्थाले यतिबेला धान, गहुँ, मकै, तोरी, जै घाँसको बीउ उत्पादन गरिहरेको छ । सहकारीले मकैको हाइव्रिड वीउ उत्पादन गर्नुका साथै अचार उद्योग, गाईपालन, माछापालन सञ्चालन र मकैको चिउरा उद्योग स्थापना गरेको छ ।
सहकारीले बागवानीतर्पm दुई बिगाहा क्षेत्रफलमा आँप, लिची, कागती खेती गरिरहेको अध्यक्ष ढकालको भनाइ छ । उहाँका अनुसार सहकारी खेती तथा सदस्य कृषकले हाल वार्षिकरुपमा उत्पादन गरेको धान, गहु, जै घाँस, तोरीसहित ४१३ मेट्रिकटन संस्थाकै प्रशोधन केन्द्रमार्पmत प्रशोधन गरी बजारीकरण गरेको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: