Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

नेपालमा पाइने चरामध्ये २३ प्रतिशत चरा गुल्मीमा

गुल्मी । नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल र जिल्लाको अग्लो ठाउँमा रहेको मदाने जङ्गल क्षेत्रमा उक्त प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीले जनाएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा जैविक विविधता संरक्षणअन्तर्गत चरा सर्भेक्षणसम्बन्धी जानकारी आदानप्रदान कार्यक्रममा रेसुङ्गामा वन क्षेत्रमा, २०० आठ र मदाने क्षेत्रमा २०७ प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले बताए विश्वमै दुर्लभ प्रजातिको रुपमा रहेका चरामध्ये रेसुङ्गामा गोमा, युमहा चिल, सुन गिद्ध, सेतो गिद्ध र डङ्गर गिद्धगरी चार प्रजाति र मदाने वन क्षेत्रमा लोभीपापी गरुड, गोमायु महाचिल, सुन गिद्ध, सेतो गिद्ध र कालीज प्रजातिको चील नामक पाँच प्रजातिका चरा रहेको बताइएको छ । नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुङ्गा र मदाने दुबै वन क्षेत्रमा पाइने भन्दै अति सङ्कटापूर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाइराख्नका लागि त्यस क्षेत्रको वन र जलाधार संरक्षणमा स्थानीय निकायको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रमका सहभागीले बताएका थिए । नेपाल पक्षी संरक्षण सङ्घ, जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले गुल्मीमा चराको सङ्ख्यामा अझै वृद्धि हुनसक्ने भन्दै त्यसका लागि सर्वप्रथम जैविक विविधताको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिएका थिए । जैविक विविधताको संरक्षणसँगै गुल्मीमा चरालाई पर्यटकीय क्षेत्रसँग जोडेरसँगै लैजान सकिनेमा सहभागीको सुझाव थियो । चरा संरक्षणका लागि गुल्मीमा मुख्य चुनौती र समस्याको रुपमा वासस्थान विनाश, वासस्थान परिवर्तन, विद्युतीय तार, खानेपानीको अभाव, वन डढेलो, अवैध शिकारजस्ता कारण रहेको भन्दै त्यसलाई रोक्नका लागि स्थानीय निकायसँग सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्नुपर्ने बताइएको थियो । सन् २०१५ देखि गुल्मीको रेसुङ्गा, वलिथुम, पराल्मी र जुभुङमा सम्भावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा काम गर्दै आइरहेको उक्त संस्थाले डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गर्दै चरा र जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आइरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies