Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

शैक्षिक सामग्री वितरण

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका ३३ सामुदायिक विद्यालयका एक हजार ९४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चार वर्षदेखि बुढीगङ्गा नगरपालिकाभित्रका छ वडा र खप्तड छेडेदह गाउँपालिकाका ७ वडाका अतिविपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक र जुत्ता वितरण गरिँदै आएको छ । खप्तड छेडेदह गाउँपालिका–३ का वडाध्यक्ष दीपक रावतका अनुसार वडा कार्यालयको सिफारिशमा विद्यार्थीलाई सामग्री वितरण गरिँदै आएको हो । “वर्षभरि पुग्ने शैक्षिक सामग्री र न्यानो लुगा उपलब्ध गराउँदै आएका छौँ,” उनले भने, “न्यानो लुगा नहुँदा विद्यालय आउनेको सङ्ख्यामा कमी आएको थियो, अहिले नियमित आउन थालेका छन् ।” मालिका मावि गाँजराका शिक्षक राजेन्द्र सिंह १५० विपन्न विद्यार्थीले सहयोग पाउने गरेको बताउनुहुन्छ । विद्यार्थीलाई वार्षिक तीन पटक अनिवार्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको छ । भानुदय माविका प्राचार्य मनवीर खाती कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको बताउछन् । जिल्लाका ३३ विद्यालयलाई सहयोग गरिँदै आएको ‘गुड नेवर्स इण्टरनेशनल’का जिल्ला संयोजक खड्क बोहराले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending