Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जब मुख्यमन्त्री पोखरेल विद्यालयको कक्षा कोठामा पुगेर पढाउन थाले...

लमही। बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत अन्य अतिथि विद्यालयमा पुगे । विद्यार्थी प्रार्थना गरिरहेकै बेला औपचारिक कार्यक्रमको आयोजना गरियो । अनि शुरु भयो प्रदेश नं ५ को कार्यक्रम ‘विद्यालयमा एक दिन÷ कक्षा कोठामा एक दिन ।’ औपचारिक कार्यक्रम पश्चात मुख्यमन्त्री पोखरेलले कक्षा १० ‘ए’मा पढाउन शुरु गर्नुभयो भने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कक्षा १० को ‘बि’ र प्रदेशसभा सदस्य उत्तर कुमार वलीले कक्षा ८ मा पढाएर उक्त कार्यक्रमको उद्घाटन गरियो । उनीहरुले करीब ९० मिनेट विद्यार्थीलाई पढाएका छन् । प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय र समुदायको सम्बन्धलाई थप समधुर बनाउन बनाएको योजना अनुसार प्रदेश नं ५ मै पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाबाट उक्त कार्यक्रमको शुरुआत भएको हो । सोही अनुसार अब विद्यालयमा सबै अभिभावक वर्षमा एक दिन विद्यालय आउने कार्यक्रमको शुरुआत भएको मुख्यमन्त्री शङ्कर पोख्रेलले बताए। “अब सबै अभिभावक वर्षमा एक पटक विद्यालय आउने र पढाउन सक्ने अभिभावकले पढाउछन्, अन्य प्रतिभा भएका अभिभावकले प्रतिभा देखाउछन्” उनले भने, “यसरी अभिभावक विद्यालय आएमा विद्यालयलाई व्यवस्थित गर्न अपनत्व महसुस हुन्छ ।” यसरी अभिभावकले सामुदायिक विद्यालयमा आएर लगानी गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सकिने उनको भनाइ थियो । समुदायले नै निर्माण गरेका सामुदायिक विद्यालयमा अभिभावकको लगाव घट्दै गइरहेको भन्दै त्यसलाई जोड्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । तुलसीपुर उपमहानगरपालिकाबाट शुरु भएको भन्दै यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पु¥याइने मुख्यमन्त्री पोख्रेलले बताए । “सामुदायिक विद्यालयको अवस्था सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका पनि उत्तिकै हुन्छ, यसमा सबैले ध्यान दिनुपर्छ”, उनले भने । सामुदायिक विद्यालयको स्रोतसाधन धेरै भए पनि निजी विद्यालयपं्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीलाईं आकर्षणको केन्द्र बनाउनुपर्ने समेत मुख्यमन्त्री पोख्रेलको भनाइ थियो । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तरीय वृद्धि गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विद्यार्थीको कमी भएका विद्यालयमा सङ्ख्या बढाउने उनको भनाइ थियो । नगरप्रमुख पाण्डेले तुलसीपुरका सबै विद्यालयलाई नमूना र सबै विद्यार्थीलाई सक्षम बनाउने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies