Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मुख्यमन्त्री पोखरेल भन्छन्- विद्युतीय बस सञ्चालनमा ल्याउँछौँ

दाङ। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताए । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत ढङ्गबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने भन्दै तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री पोखरेलले दाङमा यस आवदेखि विद्युतीय बस सञ्चालन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको र त्यसमा स्थानीय पालिकाहरुको साक्षेदारी आवश्यक रहेको उनको भनाइ छ । उहाँले विद्युतीय बस सञ्चालनले दाङलाई वातावरणमैत्री बनाउन सहयोग पुग्ने बताए । “विद्युतीय बस सञ्चालन गरेमा बसबाट उत्पन्न हुने प्रदूषण न्यूनीकरण हुने र मुलुक नयाँ युगमा प्रवेश गरेको आभास हुने उनको भनाइ छ । विकासका लागि स्थानीय जनताको रुचि र सहभागिता हुनुपर्ने भन्दै उनले अहिले दाङका उपमहानगरहरु भौगोलिकभन्दा पनि जनताको सङ्ख्याका आधारमा निर्माण गरिएको भन्दै उनले अहिले उपमहानगरहरु विकासका दृष्टिले कम्जोर भएको बताए । उपमहानगरपालिकाको विकासका लागि स्थानीय तहहरुबीच सहकार्य हुन आवश्यक रहेको समेत उनको भनाइ थियो । गाउँलाई बजारसँग जोड्ने गरी योजना बनाउनुपर्ने समेत उनको भनाइ छ । अहिले दाङका कुनै पनि शहर व्यवस्थित नभएको भन्दै ती शहरलाई व्यवस्थित बनाउन निकै चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ । उपमहानगरपालिकालाई व्यवस्थित बनाउन बजार बाहिरको व्यक्तिको जग्गालाई अधिग्रहण गर्ने र ती जग्गामा व्यवस्थित बजार बनाएर आम्दानी भएको फाइदा जग्गाधनीलाई दिने तथा अर्को विकल्पका रुपमा व्यक्तिको जग्गा अधिग्रहण गरी त्यसमा विकास गर्ने र मूल्यवृद्धि गरी व्यक्तिलाई फिर्ता दिने तथा त्यसको केही हिस्सा उपमहानगरपालिकाले लिने गरेमा व्यवस्थित शहर निर्माण हुने उनको भनाइ छ । मुख्यमन्त्री पोखरेलले शहरलाई व्यवस्थित गर्न व्यवस्थित सडक, घरहरुको डिजाइन, बिजुलीको प्रयोग, ढल निकास, नदी किनारका बारेमा योजना, खोलाको किनारको बस्ती व्यवस्थितलगायत कुरामा ध्यान दिनुपर्ने बताए । त्यस्तै शहरका नागरिकलाई ग्रामीण क्षेत्रमा बसोबास गर्ने वातावरण तयार पार्नुपर्ने, बजारका उत्तरतिरका पहाडलाई हिल स्टेशनका रुपमा विकास गर्नुपर्ने तथा दक्षिणतिरका फाँटमा रात्रिकालीन विकासका रुपमा ध्यान दिनुपर्ने बताए । तुलसीपुरको ‘क’ लाइनलाई व्यावसायिक केन्द्रका रुपमा संरचनाहरु तयार पार्नुपर्ने, राम्रो होटेल व्यवसायको विकासमा ध्यान दिनुपर्ने बताए । दाङमा उत्पादन भएको मनसुली चामलले काठमाडौँमै राम्रो बजार पाएकाले मनसुली ब्राण्डका रुपमा विकास गर्नुपर्ने, कृषिको विकासमा ध्यान दिनुपर्ने, दाङलाई कर्णालीकै ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकासका लागि शिक्षा, स्वास्थ्य, उद्योग, सूचना तथा प्रविधिको विकास लगायतमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा आर्थिक विकासमा लगानी व्यवस्थापन तथा सम्भावनाबारे विष्णु पुरी, तुलसीपुर उपमहानगरपालिकामा आर्थिक विकासका सम्भावना, नीति तथा कार्यक्रमका बारेमा बाबुराम रानाभाट, प्रदेश सरकारको स्थानीय आर्थिक विकाससम्बन्धी रणनीति र सोच बारेमा पाँच नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठ, स्थानीय आर्थिक विकासको अवधारणाबारे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले प्रस्तुति राखेका थिए। कार्यक्रममा सहभागीलाई स्वागत गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर आर्थिक विकास सम्मेलनबाट तुलसीपुरको आर्थिक विकासका लागि आएका सुझावलाई आउँदो वर्षको बजेट तथा नीति तथा कार्यक्रममा समावेश गर्ने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies