Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मगर समुदायको गाउँमा महिलाहरूले बनाए मदिरामुक्त गाउँ

दाङ । महिलाको अगुवाइमा दाङको राजपुर गाउँपालिका–५ को महतिनियाँ गाउँ मदिरामुक्त गाउँ बनेको छ । मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा महिलाको अगुवाइमा विसं २०५५ देखि हालसम्म मदिरा बेचबिखन र सेवन गर्न निषेध गरिएको छ । गाउँ युवाले मदिरा सेवन महिला हिंसा बढेको भन्दै स्थानीय दियालो महिला आमा समूह गठन गरेर मदिरा मुक्त गाउँ अभियान सञ्चालन गरिएको आमा समूहका सचिव तथा सामाजिक अभियानकर्मी हीरा बुढाले जानकारी दिए । “दिनमै गाउँका युवा मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्ने र महिलामाथि हिंसा हुन थालेपछि महिला सङ्गठित भएर अभियान सञ्चालन गरेका हौँ, २०५५ सालदेखिको अभियान अहिलेसम्म टिकाएका छौँ”, हीराले भनिन् । “बयासी घरधुरी रहेको उक्त गाउँमा मदिरा निषेधित क्षेत्र घोषणा हुनुपूर्व १४ वटा मदिरा बिक्री गर्ने भट्टी रहे पनि गाउँमा अहिले एउटा भट्टी देखिँदैन । “आमा समूहको अभियानमा हाम्रो पनि साथ हुन थाल्यो, अहिले मदिरा सेवनभन्दा यहाँका युवा सिर्जनशील कार्यमा लागेका छन्”, स्थानीय सीता बुढाले भनिन् । मदिरा सेवन गर्ने र बिक्री वितरण गर्नेलाई रु ५०० देखि जरिवाना लगाउन शुरु गरेका महतिनियाँ गाउँका महिलाले अहिले जरिवाना शुल्क रु पाँच हजार बनाएका छन् । विसं २०५५ मा रेडियो नेपालमा सामाजिक रुपान्तरणका कुरा सुनेर प्रभावित भएका महतिनियाँ गाउँका महिला गाउँको रुपान्तरणका लागि मदिरा निषेध घोषणा गरेपछि मात्रै महिला सशक्तीकरणका धेरै अभियान सञ्चालन भएको बताउँछन् । पहिले मादकपदार्थ सेवन गरेर राति श्रीमती पिट्ने श्रीमान्ले अहिले स्थानीय विकासको अगुवा भएर काम गरेका छन् । कुनै सरकारी तथा गैरसरकारी संस्थाको सहयोगविना २० वर्षदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending