Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पहिलो पटक हाइकु प्रदर्शनी

परासी । सामान्यतः साहित्यिक रचनाहरु लेखन वा वाचन गरी स्रोता, दर्शक वा पाठकमाझ प्रस्तुत गरिन्छ । तर अब साहित्यलाई प्रदर्शनी पनि गरिने भएको छ । छोटो साहित्यको रूपमा परिचित हाइकु विधालाई प्रदर्शनी गरी आम जनसमुदायमा परिचित गराउन नेपालमा पहिलो पटक पश्चिम नवलपरासीमा नौलो अभ्यास गर्न लागिएको हो । ‘कवि खगेन्द्र बस्यालको एकल हाइकु रचना प्रदर्शनी’ कार्यक्रम बर्दघाट नगरपालिका–१२ भटौलिया बजारमा पुस १४ गते जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा हुन लागेको हो । नेपाल रेडक्रस सोसाइटी बुद्धमङ्गल उपशाखा, मझेरी आमा समूह र सिर्जनशील आमा समूह जहदाको सहआयोजना रहने सो कार्यक्रममा कवि बस्यालका हाइकुलाई प्लेकार्डमार्फत प्रदर्शन गरिने पुस्तकालयका अध्यक्ष सुरज केसीले जानकारी दिए । कार्यक्रममा नवलपरासी, रुपन्देही, चितवनलगायतका वरिष्ठ साहित्यकार, साहित्यप्रेमी, आमा समूह, विद्यार्थी तथा सर्वसाधारण गरी करीब ५०० को सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमबाट प्रत्यक्ष ५०० र अप्रत्यक्ष रुपमा एक लाख मानिसले हाइकुको बारेमा बुझ्ने र जानकारी लिन पाउने उनले बताए । स्थानीय मिडिया तथा सामाजिक सञ्जालबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ । यसबाट साहित्यप्रति थप रुचि जाग्ने र हाइकुलाई परिचित गराई नेपाली साहित्यमा स्थापित गराउन थप मद्दत पुग्ने आयोजकको विश्वास छ । हाइकुको माध्यमबाट देशको परिस्थितिलाई झक्झक्याउने भएकाले कवि बस्यालको कलालाई उजागर गर्न समेत प्रदर्शनीले टेवा पुग्ने कार्यक्रम संयोजक साहित्यकार दीपक बरालले बताए । तीन हरफे र सत्र अक्षरको संरचनामा लेखिने हाइकु विधा अन्य विधाभन्दा छोटो हुने भएकाले नेपालमा नयाँ प्रयोग गर्न लागिएको उनको भनाइ छ । हाल रुपन्देही निवासी बस्यालले नवलपरासी, रुपन्देही, पाल्पा, स्याङ्जालगायतका जिल्लामा पुगेर हाइकु सुनाउने गरेका छन् । प्रकृतिप्रेम, देशप्रेम अनि राजनीति र विविधता पाइने उनको हाइकुले नेपाली साहित्यमा छुट्टै स्थान बनाएको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies